अविश्वासको प्रस्ताव सामना नगरी प्रतिनिधिसभा भंग गर्ने प्रधानमन्त्री भगौडा हुन्ः गगन थापा

Spread the love

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी ओली भगौडा भएको आरोप लगाएका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा शनिबार काठमाडौं क्षेत्र नम्बर ४ (ख) को आयोजनामा भएको विरोधसभालाई सम्बोधन गर्दै थापाले अविश्वासको प्रस्ताव सामना नगरी प्रतिनिधिसभा भंग गर्ने बाटोमा हिँड्ने प्रधानमन्त्री क्रान्तिकारी हुनै नसक्ने बताएका हुन् ।

थापाले सँगै बसेर संविधान पढ्न खुलामञ्च आउन प्रधानमन्त्रीलाई आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्नेलाई शुक्रबार धनगढीमा आयोजित सभामा संविधान पढ्न सुझाव दिएका दिए ।

उनले भने ‘हिजो धनगढी पुगेर प्रधानमन्त्री ओलीले संविधान पढ्न सुझाव दिनु भएछ । कमरेड ओली आउनुहोस्। तपाईं सुवास नेम्वाङ र अग्नि खरेल लिएर आउनुहोस्। म संविधान ढोग्ने रामवरण यादवलाई लिएर आउँछु। खुला मञ्चमा सँगै बसेर संविधान पढौँ।’ प्रतिनिधिसभा पुनःस्थापना हुनेमा ढुक्क हुन आह्वान गर्दै थापाले प्रधानमन्त्री ओलीलाई बालुवाटारबाट निकालेर बालकोट पुर्याउने चेतावनी दिएका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जनतामा जाने मौका आउँदा कांग्रेस भाग्नु हुँदैनः सभापति देउवा

२०७७ पुष २५, शनिबार १०:४८
Spread the lovemoreकाठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनको विषयमा सर्वोच्च अदालतले गरेको निर्णय सबैले मान्नुपर्ने बताएका छन् । काठमाडौँमा शनिबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै सभापति देउवाले संसद विघटनको विषय सर्वोच्च अदालतमा विचाराधिन मुद्दा भएकाले अदालतले जुन निर्णय गरेपनि मान्नुपर्ने बताएका हुन् । उनले अदालतमा विचाराधीन मुद्दामा […]