पार्टी हित विपरीत गतिविधि गरेकाले प्रधानमन्त्रीलाई कारवाहीः अध्यक्ष नेपाल

Spread the love

लहान । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनपछि मुलुक सङ्कटमा धकेलिएको बताएका छन् ।

सिरहास्थित कर्जन्हा नगरपालिकाको बस्तीपुरमा शनिबार आयोजित किसान नेता जयगोविन्द साहको ३१ औंँ स्मृतिसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ‘सरकार पूँजीवादको बाटो समाएर अगाडि बढिसकेकाले’ वर्तमान नेतृत्वमा समाजवाद आउन नसक्ने बताए ।

उनले ‘पार्टी हित विपरीत गतिविधि देखाएकाले’ प्रधानमन्त्रीलाई कारवाही गरिएको स्पष्ट गरे । ‘पार्टीलाई एकताको भावनानुरुप तथा विधि र पद्धतिअनुरुप अघि बढाउन आग्रह गर्दा अध्यक्ष केपी शर्मा ओली त्यस विपरीत अघि बढ्न चाहेकाले यस्तो परिस्थिति आएको’ उनको भनाइ थियो ।

सभामा पूर्वशिक्षामन्त्री तथा नेकपा स्थायी कमिटीका सदस्य गिरिराजमणि पोखरेलले प्रतिनिधिसभा विघटन संविधान र जनताको भावना विपरीत भएको बताउँदै सभा पुनःस्थापना हुने जिकिर गरे ।

कर्जन्हा – ५ का किसान नेता साहको २०४७ पुस २५ गते भारतमा निधन भएको थियो । पञ्चायत विरोधी आन्दोलनमा लागेका उनको शवसमेत तत्कालीन सरकारले नेपाल ल्याउन दिएको थिएन ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विश्वमा कोरोना संक्रमणबाट एकैदिन १२ हजारभन्दा बढीको मृत्यु

२०७७ पुष २५, शनिबार १६:२०
Spread the lovemoreविश्वमा कोरोना भाइरस संक्रमितको संख्या ९ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा ७ लाख २२ हजार भन्दाबढीमा संक्रमण पुष्टि भएसँगै विश्वमा संक्रमितको संख्या ९ करोड ७७ हजार ४४६ पुगेको हो । त्यसैगरी, पछिल्लो २४ घण्टामा ४ लाख ५० हजारभन्दा बढी संक्रमणमुक्त भएसँगै संक्रमणमुक्त हुनेको संख्या ६ करोड […]

समाचार छुट्याे की?