प्रधानमन्त्री ओली हिटलर जस्तै तनाशाहः वरिष्ठ नेता खनाल

Spread the love

काठमाडौं । नेकपाको प्रचउड नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले केपी ओली हिटलर जस्तै तानाशाह भएको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंमा नेकपा प्रचण्ड–नेपाल समूहको सम्पर्क समन्वय कमिटीद्धारा आयोजित भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता खनालले केपी ओली हिटलर जस्तै तानाशाह भएको आरोप लगाएका हुन् । जर्मनीमा समाजवादी पार्टीबाट हिटलर जन्मिए जस्तै नेपालमा कम्युनिष्ट पार्टीबाट केपी ओली जन्मिएको खनालले बताए ।

उनले कहिलेकाहीं पार्टीको गल्तिका कारण तानाशाहहरु जन्मिने गरेको र त्यसको विरुद्धमा फेरि संघर्ष गर्दै जानुपरेको बताए । खनालले शुक्रबार धनगढीमा केपी ओली समूहले गरेको सभालाई पञ्चभेलाको संज्ञा दिए । नौ जिल्लाबाट बस रिजर्भ गरेर मान्छेहरुलाई पैसा दिएर गराएको भेला २०४६ साल अगाडि पञ्चहरुले गर्ने भेला जस्तै भएको उनले बताए ।

कार्यक्रममा प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीले चालेको असंवैधानिक प्रतिगामी कदम खारेज गरेर प्रतिनिधिसभा सूचारु गर्न नसके देश थप प्रतिगमन तर्फ जाने बताए । उनले दलहरुबीच संयुक्त संघर्ष हुन नसके समन्वय गरेर भएपनि आन्दोलन गर्नुपर्ने बताए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पार्टी हित विपरीत गतिविधि गरेकाले प्रधानमन्त्रीलाई कारवाहीः अध्यक्ष नेपाल

२०७७ पुष २५, शनिबार १६:१६
Spread the lovemoreलहान । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनपछि मुलुक सङ्कटमा धकेलिएको बताएका छन् । सिरहास्थित कर्जन्हा नगरपालिकाको बस्तीपुरमा शनिबार आयोजित किसान नेता जयगोविन्द साहको ३१ औंँ स्मृतिसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ‘सरकार पूँजीवादको बाटो समाएर अगाडि बढिसकेकाले’ वर्तमान नेतृत्वमा समाजवाद आउन नसक्ने बताए । उनले […]