विवास्दापद विमानको सूचना लुकाएको मुद्दामा बोइङलाई दुई अर्ब ५० करोड डलर जरिवाना

Spread the love

विवादास्पद विमान ७३७ म्याक्सको डिजाइनबारेको जानकारी सुरक्षा अधिकारीलाई नबताएको सम्बन्धी आपराधिक मुद्दा टुङ्गो लगाउन विमान निर्माता बोइङ दुई अर्ब ५० करोड अमेरिकी डलर तिर्न सहमत भएको छ ।

अमेरिकी न्याय मन्त्रालयले सो कम्पनीले नाफालाई ध्यान दिँदा विमानमा कमजोरी रहेको र त्यसका कारण दुई घातक दुर्घटना हुन गएको बताएको छ । त्यो रकममध्ये ५० करोड डलर जति ती दुर्घटनामा मारिएका ३४६ जनाको परिवारले पाउने बताइएको छ ।

बोइङले सो सहमतिले कम्पनीले गर्नुपर्ने नगरेको देखाएको बताएको छ । बोइङका प्रमुख कार्यकारी डेभिड काल्हुनले भने, ‘मलाई लाग्छ यो सहमतिमा पुग्नु सही कुरा हो। हामी आफ्नो मान्यता र कम्पनीप्रतिको अपेक्षामा चुकेको भनेर स्वीकार गर्ने एउटा कदम हो।’

न्याय मन्त्रालयले बोइङका अधिकारीहरूले विमानको स्वचालित उडान नियन्त्रण प्रणालीमा गरेको परिवर्तनका बारेमा जानकारी लुकाएको बताएको छ । सो प्रणालीको कमजोरीका कारण सन् २०१८ मा इन्डोनेशिया र सन् २०१९ मा इथियोपियामा ती विमानहरू दुर्घटनामा परेका थिए ।

सो सूचना लुकाइएका कारण विमान चालकहरूको पुस्तिकामा कहिलेकाहीँ गलत तथ्याङ्कका कारण गलत काम गर्ने प्रणालीका बारेमा जानकारी नभएको बताइएको छ । न्याय मन्त्रालयले बोइङले छ महिनासम्म अनुसन्धानमा सहयोग नगरेको बताएको छ । इथियोपियामा भएको दुर्घटनामा मारिएकाहरूको परिवारका वकिलहरूले भने यो सहमतिले आफ्नो देवानी मुद्दालाई असर नगर्ने बताएका छन्।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतको एउटा अस्पतालमा आगलागी हुँदा दश जना नवजात शिशुको मृत्यु

२०७७ पुष २५, शनिबार ०६:१६
Spread the lovemoreमहाराष्ट्र राज्यको भण्डारा जिल्लाको जिल्ला अस्पतालमा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु भएको छ । शनिवार बिहान २ बजे न्यूबर्न केयर युनिटमा आगो लागेको थियो। उक्त युनिटबाट सातजना शिशुलाई सुरक्षित निकालिएको थियो। भण्डारा मुम्बईबाट ९०० किलोमिटर टाढा पर्छ । अस्पताल भवनमा आगलागीका कारण धुवाँ भरिँदा सास फेर्न गाह्रो […]

समाचार छुट्याे की?