थप २५९ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु

Spread the love

काठमाडौं । नेपालमा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २५९ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६४७८० पुगेको छ ।

त्यसैगरी आइतबार थप ५१३ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २५८४४१ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९१७ पुगेको छ । क्वारेन्टाइनमा २५७ जना छन् भने आइसोलेसनमा ४४२२ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सार्वजनिक जग्गा हाउजिङको नाममा पास गरिदिने मालपोत अधिकृतसहित १७ जनाविरुद्ध मुद्दा दायर

२०७७ पुष २६, आईतवार १०:४५
Spread the lovemoreकाठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको कर्मनासा (कोड्कु) खोला आसपासको सार्वजनिक जग्गा हाउजिङको नाममा पास गरिदिएको आरोपमा ललितपुरका तत्कालीन नापी कार्यालय प्रमुख बुद्धिमान जैसीसहित १७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले आइतबार नापी कार्यालय ललितपुरका कार्यालय प्रमुख जैसीसहित नापी अधिकृत बालेश्वर यादव र सर्भेक्षक […]