नेपाली जनताले अहिले भोगिरहेको राजनीतिको समीक्षा गर्न ढिलो भइसक्योः पूर्वराजा

Spread the love

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय एकता कमजोर बनेको भन्दै चिन्ता व्यक्त गरेका छन् । पृथ्वीनारायण शाहको २ सय ९९ औँ जन्मदिन तथा राष्ट्रिय एकता दिवसका अवसरमा विज्ञप्ति जारी गर्दै पूर्वराजा शाहले नेपाली जनताले अहिले भोगिरहेको राजनीतिको समीक्षा गर्न ढिलो भैसकेको बताएका हुन् ।

उनले राष्ट्रिय एकता, राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र जनताको जनचाहनालाई राजसंस्थाले जहिल्यै उच्च प्राथमिकता दिएको उल्लेख गरेका छन्। उनले परिवर्तनका नाममा आफ्नो इतिहास, सभ्यता, धर्म, संस्कृति र एकता भत्काएर अरुको इच्छा पूरा गर्ने अवान्छित काम भइरहेको उल्लेख गरेका छन्।

राष्ट्रिय अखण्डताका लागि राष्ट्रिय एकता बलियो बनाउनुपर्ने भन्दै यसको अपरिहार्यता भविष्यमा समेत हुने र पृथ्वी जयन्तीको सार्थकता त्यसैमा रहने उनको भनाइ छ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाली भनेका नेपाली नै हुन्। कुनै अर्को जलप लगाएर हैन भन्ने अपार राष्ट्रभक्तिले ओतप्रोत भएर बडामहाराजधिराजबाट नेपाल राष्ट्र निर्माणमा आफ्नो पूरै जीवन समर्पण गरिबक्सेको तथ्य स्मरण मात्र हुँदा पनि हामी गौरवान्वित हुने गर्दछौँ। त्यो समय केवल आफ्नो परिकल्पनामा सीमित देशलाई आकारमा ल्याउन सानो चातुर्य, साहस र वीरताबाट मात्र सम्भव थिएन। दैविक आशिर्वाद, अदम्य साहस, पौरख र कूटनीतिक कौशलको अद्वितीय क्षमताबाट मात्र देवभूमि नेपालको स्थापना भएको हो ।’

‘राष्ट्रियता, राष्ट्रिय एकता, राष्ट्रिय स्वाभिमान र राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढ्ने क्रममा देशको आवश्यकता र जनताको चाहना हुँदा शाहवंशीय राजाहरुले सक्रिय भूमिमा मात्र निर्वाह गरेका छैनन्, संवैधानिक राजतन्त्रको मर्यादा अनुरुपको व्यवहार भएको छ र राजगद्दी त्याग्ने सम्मको उच्च साहस र इमानदारी पनि दर्साएका छन्’ पूर्वराजाले विज्ञप्तिमा भनेका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, बजार पूँजीकरण ३० खर्ब नाघ्यो

२०७७ पुष २६, आईतवार १२:५६
Spread the lovemoreकाठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार पनि दोहोरो अङ्कले उकालो लागेको छ । लगातार उकालो लागेर नेप्से आज पुनः ४१ अङ्कले वृद्धि भई नयाँ उचाइ कायम गरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ४१.२४ ले उकालो लागेर दुई हजार २३५.७२ मा पुगेको छ […]

समाचार छुट्याे की?