प्रधानमन्त्रीलाई अधिनायकवादी चरित्र नदेखाउन प्रचण्ड-नेपाल समूहको चेतावनी

Spread the love

काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले अधिनायकवादी र निरंकुश चरित्र देखाएको भन्दै यस्तो कार्य तत्काल रोक्न चेतावनी दिएको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको सचिवालय बैठकले पछिल्लो समय केपी शर्मा ओलीले अधिनायकवादी र निरंकुश चरित्रको प्रदर्शन गरेको भन्दै त्यसलाई तत्काल रोक्न चेतवानी दिने निर्णय गरेको हो ।

चार जना पूर्व प्रधानन्यायाधिशले प्रतिनिधिसभा विघटनको बारेमा संवैधानिक व्यवस्था के छ भन्ने सम्बन्धमा आफ्नो दृष्टिकोण सार्वजनिक गर्दा प्रधानमन्त्री ओलीले अपमानित र धम्क्याएको भन्दै बैठकले प्रतिवाद गर्दै भत्र्सना गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकले सबै नागरिक समाज, प्रबुद्ध व्यक्तिलाई एकजुट हुन र संवैधानिक अधिकार तथा अभिव्यक्ति स्वतन्त्रको रक्षा गर्न आव्हान गर्ने निर्णय गरेको छ । बैठकले सरकारी सञ्चार माध्यमहरुले कुनै गुटको प्रचारक जस्तो काम गरेको भन्दै राज्यको स्रोत साधन दुरुपयोग गर्दै गुटलाई सेवा गर्ने काम बन्द गर्न माग समेत गरेको छ ।

बैठकले पार्टीको सम्पूर्ण निकायलाई पार्टीको सुदृढिरणमा लाग्न र संघर्षका कार्यक्रमलाई प्रभावकारी रुपमा सफल पार्न निर्देशन दिएको प्रवक्ता श्रेष्ठले बताए । बैठकले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरिएकोमा आफूहरुको विरोध रहेको उनले बताए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

इन्डोनेसियामा दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स फेला

२०७७ पुष २६, आईतवार १४:५३
Spread the lovemoreइन्डोनेसियाली उड्ययन अधिकारीहरूले दुर्घटनाग्रस्त इन्डोनेसियाली विमानका दुबै ‘ब्ल्याक बक्स’को स्थान पत्ता लगाएको बताएका छन् । उनीहरूले ‘ककपिट’ आवाज र उडानको ‘डाटा रेकर्डर’लाई सङ्केत गर्दै भने ‘ब्ल्याक बक्स’का माध्यमबाट विमानमा दुर्घटनापूर्व के भएको हो भनेर बुझ्नको लागि महत्वपूर्ण जानकारी मिल्ने बताएका छन् । “हामीले दुबै ‘ब्ल्याक बक्स’ रहेको स्थान […]

समाचार छुट्याे की?