मध्यराति एक्कासि बिजुली गएपछि पाकिस्तानभरि पूरै अन्धकार

Spread the love

पाकिस्तानमा शनिवार मध्यरातदेखि पूरै देशभरि विद्युत् आपूर्ति बन्द भएर अन्धकार भएपछि केही स्थानमा बिजुली आउन थालेको छ । राजधानी इस्लामाबादसहित मुख्य सहरहरू लाहोर र कराचीमा पनि स्थानीय समयानुसार मध्यरातपछि एक्कासि बिजुली गएको थियो ।

देशका ऊर्जामन्त्रीले बत्ती जानुको कारणबारे अनुसन्धान भइरहेको बताएका छन् । आइतवार बिहानै ट्वीट गर्दै ऊर्जामन्त्री ओमार अयुब खानले विद्युत् प्रसारण प्रणालीमा एक्कासि आएको समस्याको कारण देशैभरि बिजुली गएको जानकारी दिएका छन् ।

केही बेरपछि खानले पेशावर सहरसहित केही क्षेत्रमा बिजुली पुनः आएको बताए । मध्यरातदेखि बिजुली जाँदा देशैभर अन्धकार भएको थियो । पाकिस्तानमा बिजुली जानु असामान्य कुरा होइन तर अहिलेको जस्तो देशैभरि र लामो समयसम्म विद्युत् आपूर्ति बन्द भएको थिएन ।

अस्पताल, ठूला व्यापर गृह र धनाढ्य परिवारमा बिजुली आपूर्तिका लागि डिजेलबाट चल्ने जेनरेटर प्रयोग गरिन्छ । चरम अभावका कारण पाकिस्तानमा बिजुली आपूर्ति नियमित रूपमा हुँदैन । केही क्षेत्रमा त प्रत्येक दिन थुप्रै घण्टा बिजुली हुँदैन ।

बिजुली जाने समस्याका कारण यसअघि सडकमा प्रदर्शनहरू पनि भएका थिए । सन् २०१३ मा दक्षिणपश्चिम बलोचिस्तान प्रान्तमा रहेको विद्युत् केन्द्रमा प्राविधिक समस्या आउँदा पाकिस्तानको विद्युत सञ्जाल बिग्रिएको थियो।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

इन्डोनेशियाको विमान समुद्रमा खसेको आशंका

२०७७ पुष २६, आईतवार ०५:५९
Spread the lovemoreइन्डोनेशियाका अधिकारीहरूले शनिवार जकार्ताबाट उडेको केही छिनमै समुद्रमा हराएको यात्रुवाहक विमानको दुर्घटनाग्रस्त भएको क्षेत्र पत्ता लागेको बताएका छन् । श्रीविजया एयरजेटको उक्त बोइङ ७३७ विमानमा चालकदलका सदस्यसहित कुल ६२ जना सवार थिए । उक्त विमान देशको पश्चिम कालिमान्तान प्रान्तस्थित पोन्टिआनक जानका लागि उडेको चार मिनेटमै रेडारको सम्पर्कबाट बेपत्ता […]