उत्तर कोरियाका सर्वोच्च नेता किम सत्तारुढ दलको महासचिवमा निर्वाचित

Spread the love

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन सत्तारुढ दल वर्कर्स पार्टीको महासचिवमा निर्वाचित भएका छन् । पार्टीको आठौँ अधिवेशनले उनलाई महासचिवमा निर्वाचित गरेको राज्यद्वारा सञ्चालित कोरियाली समाचार संस्थाले सोमबार जनाएको छ ।

पार्टीको महासचिवका रुपमा उनीभन्दा अगाडि उनका बुबा र त्योभन्दा अगाडि हजुरबुवाले नेतृत्व प्रदान गर्दै आएका थिए । पार्टीको महाधिवेशन र बैठकले किमलाई महासचिव बनाउने विषयमा सर्वसम्मत निर्णय गरेको जनाइएको छ ।

उत्तर कोरियाको सर्वोच्च नेता उत्तर कोरियाली सेनाको सर्वोच्च कमाण्डरसमेत रहने व्यवस्था छ । त्यसबाहेक उनी राज्यका अरु पनि धेरै प्रमुख जिम्मेवारीमा छन् । उनले केही समयपछि पार्टीको अर्को शक्तिशाली जिम्मेवारी आफ्नै बहिनीलाई दिएका थिए ।

उत्तर कोरियामा उनको परिवारको दबदबा रहेको छ । उत्तर कोरियाको वर्कर्स पार्टीको महासचिवमा निर्वाचित भएकोमा किमलाई चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा चिनियाँ राष्ट्रपति सी चिन फिङले बधाई दिएका छन् । उनले सोमबार किमलाई बधाई सन्देश पठाउँदै आगामी कार्यकाल थप प्रभावकारी बनाउन शुभकामना दिएका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्रोत नखुलेको ३७ लाख नगदसहित नागढुङ्गाबाट एकजना पक्राउ

२०७७ पुष २७, सोमबार १४:५२
Spread the loveकाठमाडौं । प्रहरीले स्रोत नखुलेको ३७ लाख नगदसहित एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले चितवनबाट काठमाडौँ आउँदै गरेको बा३ख ९१३९ नंको हाइस गाडीमा चितवन माडीका २६ वर्षीय रामकुमार गुरुङलाई सोमबार पक्राउ गरेको हो । झोलामा लुकाएर ल्याएको नगद र चेकबुकसहित गुरुङलाई पक्राउ गरेको हो । […]