ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव ल्याउने तयारी

Spread the love

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने प्रस्तावमाथि संसद्को तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा छिटोमा मङ्गलवारसम्म मतदान हुनसक्ने डेमोक्रेटिक पार्टीका एक नेताले बताएका छन् ।

तल्लो सदनका डेमोक्रेटहरूले राष्ट्रपतिविरुद्ध ’दङ्गालाई प्रोत्साहन गरेको’ आरोप लगाउने योजना छ । संसद् रहेको क्यापिटल भवन हिंसात्मक ढङ्गले नियन्त्रणमा लिइएको घटनामा ट्रम्पको भूमिकालाई लिएर त्यस्तो अभियोग लगाउने डेमोक्रेटहरूको तयारी हो । संसदीय दलका सचेतक जेम्स क्लाइबर्नले सीएनएनसँग उक्त कदम यो साता उठाउन सकिने बताए ।

तर जो बाइडनको पहिलो एक सय दिनको कार्यकाल पूरा नहुँदै उक्त दलले सिनेटमा सुनुवाइको निम्ति प्रस्ताव नपठाउन सक्छ । त्यसबाट बाइडनलाई आफ्नो नयाँ मन्त्रिपरिषद् निश्चित गर्न र कोरोनाभाइरससँग जुझ्ने लगायतका नीतिको आरम्भ गर्ने बाटो खुला हुनेछ । यदि सिनेटले महाभियोग प्रस्ताव प्राप्त गरेमा ती कुराका निम्ति पर्खिनुपर्ने हुनसक्छ ।

ह्वाइट हाउसले राजनीतिक रूपमा प्रेरित भन्दै महाभियोगको सम्भावना खारेज गरेको छ । त्यस्तो कदमले ’हाम्रो महान् देशलाई थप विभाजित गर्न मात्र सघाउने’ ह्वाइट हाउसको भनाइ छ । यदि उक्त प्रक्रिया अघि बढेमा ट्रम्प अमेरिकी इतिहासमा दुई पटक महाभियोगको सामना गर्ने पहिलो राष्ट्रपति हुनेछन् ।

त्यो सम्भव हुनका निम्ति महाभियोगको आरोप तल्लो संसद्मा ल्याएर पारित हुनुपर्नेछ । त्यसपछि प्रक्रिया सिनेटमा जानेछ जहाँ राष्ट्रपतिलाई हटाउन दुई तिहाइ मत आवश्यक हुन्छ । यदि उनलाई दोषी ठह¥याइयो भने ट्रम्पलाई फेरि सार्वजनिक कार्यालयको जिम्मेवारीमा रोक लगाउन सिनेटले पनि मतदान गर्नसक्छ । तर तल्लो सदनका सांसद क्लाइबर्नले १० दिनमा ट्रम्पले राष्ट्रपति कार्यालय छोड्नुअघि उनलाई महाभियोग लगाउन र सुनुवाइ गर्न आफूले सम्भव नदेखेको बताए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विश्वमा ६ करोड ४८ लाख भन्दा बढी मानिस कोरोना संक्रमणमुक्त

२०७७ पुष २७, सोमबार ०२:४४
Spread the lovemoreविश्वमा ६ करोड ४८ लाख ११ हजार भन्दा बढी मानिस कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म विश्वभर ९ करोड ६ लाख ८९ हजार ७४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी, पछिल्लो २४ घण्टामा विश्वमा ८ हजार ८ सय भन्दा बढीको मृत्यु भएको छ । हालसम्म […]