स्रोत नखुलेको ३७ लाख नगदसहित नागढुङ्गाबाट एकजना पक्राउ

Spread the love

काठमाडौं । प्रहरीले स्रोत नखुलेको ३७ लाख नगदसहित एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले चितवनबाट काठमाडौँ आउँदै गरेको बा३ख ९१३९ नंको हाइस गाडीमा चितवन माडीका २६ वर्षीय रामकुमार गुरुङलाई सोमबार पक्राउ गरेको हो ।

झोलामा लुकाएर ल्याएको नगद र चेकबुकसहित गुरुङलाई पक्राउ गरेको हो । पक्राउ गुरुङसँग प्रहरीले ३७ लाख नगद, सात लाख ११ हजारको ग्लोबल आइएमई बैंकको एक थान चेक बरामद गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । पक्राउ परेका गुरुङसँग प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बहिर्गमित लडाकुको माग सम्बोधन गर्न कार्यदल बनाइने

२०७७ पुष २७, सोमबार १६:०७
Spread the lovemoreकाठमाडौं । सेना समायोजनका बेला नेपालका लागि संयुक्त राष्ट्र सङ्घीय मिसन (अनमिन) को प्रमाणीकरणमा नपरी बहिर्गमित भएका तत्कालीन नेकपा माओवादीका लडाकुको माग सम्बोधन गर्न कार्यदल गठन गरिने भएको छ । गृह मन्त्रालयमा सोमबार बहिर्गमित जनमुक्ति सेना नेपाल सङ्घर्ष समितिको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री रामबहादुर थापाले समितिले राखेको मागको अध्ययन […]