काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहले निर्वाचन आयोगलाई निर्वाचनसम्बन्धी गतिविधि तत्काल रोक्न आग्रह गरेको छ । पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, र माधवकुमार नेपालसहित नेताहरु पुगेर आयोगलाई निर्वाचनसम्बन्धी गतिविधि रोक्न आग्रह गरेका हुन् ।
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकाले अहिले निर्वाचन गतिविधि सञ्चालन हुनु अदालतको विरुद्धमा हुने ठहर गर्दै चुनावी गतिविधि अघि नबढाउन समूहले आयोगलाई आग्रह गरेको हो ।
प्रचण्ड–नेपाल समहूका नेता कृष्णभक्त पोखरेलल अदातलको फैसलाको निक्र्यौल नभएसम्म निर्वचान प्रक्रिया अगाडि नबढाउन आयोगलाई आग्रह गरेको जानकारी दिए ।
भेटमा आयोगका पदाधिकारीले भने अदालतले निर्वाचन रोक्न नभनेकाले निर्वाचन कार्यक्रम नरोकिने बताएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते आमनिर्वाचन गर्ने मिति तय भइसकेको छ ।