काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिडविरुद्धको खोप कार्यक्रमका लागि अहिले सञ्चालनमा रहेका करिब १६ हजार खोप केन्द्रहरुलाई परिचालन गरिने बताएका छन् । सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री त्रिपाठीले खोप आयात भएको ७ दिन भित्र १६ हजार खोप केन्द्रमार्फत खोप लगाउन सुरु गरिने बताएका हुन् ।
खोप अभियानमा ५ हजार कर्मचारी र ५२ हजार महिला स्वास्थ्य स्वंयसेविकाहरु परिचालन गरिने उनले जानकारी दिए । उनले कोभिडविरुद्धको खोपको खरिद प्रक्रिया पारदर्शी र वितरण न्यायपूर्ण हुने बताए । उनले खोप अन्य व्यवसायिक वस्तुको प्राप्ती जस्तो नभई राजनीतिक वस्तुको रुपमा देखा परेकाले आपूर्तिमा समस्या भएको बताए ।
मन्त्री त्रिपाठीले सरकारले खोप आयातका लागि राजनीतिक तहबाट पनि पहल गरिरहेको जानकारी दिए । उनले सुरुमा सरकार सरकारबीच खरिद प्रक्रिया अगाडि बढाउने र त्यसपछि निजी क्षेत्रबाट समेत ल्याउन पहल गर्ने बताए । खोपको वितरण सबैभन्दा पहिला मुख्य जोखिममा रहेका स्वास्थ्यकर्मी लगायत अग्रपंतिmमा रहेका व्यक्तिहरुलाई, ५५ वर्ष उमेर माथिका र दिर्घ रोगीहरुका लागि उपलब्ध गराइने बताए ।