जापानमा कोभिडका कारण लगाइएको संकटकालको क्षेत्र बढाइने

Spread the love

जापान सरकारले हालैका दिनमा राजधानी टोकियोमा कोभिडका कारणले लगाएको संकटकालको अवस्थालाई थप विस्तार गर्ने भएको छ । जापानी प्रधानमन्त्री योशिहिदे सुगाले संकटकालको क्षेत्र बढाउने विषयमा तयारी थालेको अधिकारीहरुले जानकारी गराएका छन् ।

हाल जापान सरकारले यस्तो प्रकारको संकटकाल जापानको राजधानी टोकियोमा लगाउँदै आएको छ । तर सो क्षेत्रलाई अझ विस्तार गरिने तयारी जापानका प्रधानमन्त्री सुगाले गरेका छन् ।

संकटकाल जापानको राजधानी टोकियो बाहेकका क्षेत्रहरु ओसाका, क्योटो र ह्योगोसम्म पनि विस्तार गर्न सकिने भएको हो । जापान सरकारले गएको शुक्रबारदेखि राजधानी टोकियोमा संकटकाल लगाएको थियो ।

जापान सरकारले राजधानी टोकियोसहितका यसको वरपर रहेका अरु तीन वटा प्रिफेक्चरहरु चिबा, कानागावा र साइतामामा पनि संकटकालको घोषणा गरेको थियो । यसपछि जापानको सरकारले यहाँका अरु प्रिफेक्चरमा पनि यो संकटकालीन अवस्था बढाउने तयारी थालेको समाचार यसअघि नै अएको थियो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

३० खर्ब ५४ अर्ब पुग्यो बजार पूँजीकरण

२०७७ पुष २८, मंगलवार ११:५७
Spread the lovemoreकाठमाडौं । हरेक दिन नयाँ–नयाँ रेकर्ड राख्दै अगाडि बढेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक मंगलबार पनि दोहोरो अङ्कले उकालो लागेको छ । नेप्सेको वृद्धिसँगै नेपालको शेयर बजारको इतिहासमा मंगलबार हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । यस्तै बजार पूँजीकरण पनि रु साढे ३० खर्बको हाराहारीमा पुगेको छ […]