जापानमा हिउँमा परी १३ जनाको मृत्यु, सयौं घाइते

Spread the love

जापानको समुद्री तटीय क्षेत्रमा भएको बाक्लो हिमपातमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ । जापानी अग्नि तथा विपद व्यवस्थापन निकायका अनुसार उक्त घटनामा परी २५० भन्दा बढी व्यक्ति घाइते भएका छन् । स्थानीय संचार माध्यमले फुकुई प्रिफेक्चरमा ६० र ८० को आसपास उमेरका तीन व्यक्तिको मृत्यु भएको जनाएका छन् ।

हिउँसँग सम्बन्धित दुर्घटनामा यहाँ ४७ जना घाइते भएका छन् । यस्तै, नीगाता प्रिफेक्चरमा पनि हिउँ फाल्नेक्रममा चार जनाको मृत्यु भएको छ । हिमपातले सर्वाधिक प्रभाव परेका तीनवटा प्रिफेक्चरमा मानिसको उद्धार र सहायताका लागि जापानी सेनालाई पनि परिचालन गरिएको छ ।

यसबाहेक, हिमपातका कारण सडक यातायात पनि नराम्रोसँग प्रभावित भएको छ । होकुरिकु द्रुतमार्गमा एक हजार २०० भन्दा बढी सवारीसाधन अलपत्र परेका छन् ।

जापानको मौसम विभाग (जेएमए) ले प्रशान्त महासागरतर्फको पूर्वी क्षेत्रमा मङ्गलबारसम्म हिमपात हुने जनाएको छ । किन्की, टोकाई र शिकोकु क्षेत्रमा मंगलबार साँझसम्म पहाडी इलाकामा २० सेन्टिमिटरसम्म हिउँ पर्ने जेएमएले बताएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जापानमा कोभिडका कारण लगाइएको संकटकालको क्षेत्र बढाइने

२०७७ पुष २८, मंगलवार ११:५०
Spread the lovemoreजापान सरकारले हालैका दिनमा राजधानी टोकियोमा कोभिडका कारणले लगाएको संकटकालको अवस्थालाई थप विस्तार गर्ने भएको छ । जापानी प्रधानमन्त्री योशिहिदे सुगाले संकटकालको क्षेत्र बढाउने विषयमा तयारी थालेको अधिकारीहरुले जानकारी गराएका छन् । हाल जापान सरकारले यस्तो प्रकारको संकटकाल जापानको राजधानी टोकियोमा लगाउँदै आएको छ । तर सो क्षेत्रलाई […]