ट्रम्पले दिने राष्ट्रपतीय पदक नलिने अमेरिकी फुटबल प्रशिक्षकको घोषणा

Spread the love

अमेरिकी फुटबलका सबैभन्दा सफल मानिएका प्रशिक्षकले राष्ट्रपति डोनल्ड ट्रम्पले प्रदान गर्ने राष्ट्रपतीय मेडल नलिने घोषणा गरेका छन् । न्यू इङ्ग्ल्यान्ड प्याट्रिअटका प्रशिक्षक बिल बेलिचिकले संसद्मा भएको घटनाका कारण अमेरिकी नागरिकले पाउने सबैभन्दा उच्च ’प्रेजिडेन्शल मेडल अफ फ्रीडम’ नलिने बताएका हुन् ।

बेलिचिकले सो पदक पाउने खबरले सुरुमा खुसी लागेको तर गत साता ट्रम्प समर्थकहरूले अमेरिकी संसद् भवनमा प्रवेश गरेको घटनाले आफूले नलिने निर्णय गरेको बताए । सो घटनामा पाँच जनाको मृत्यु भएको थियो ।

बेलिचिकले यसअघि ट्रम्पसँगको मित्रताका विषयमा बोल्ने गरेको थिए । ‘हालैमा मलाई प्रेजिडेन्शल मेडल अफ फ्रीडम प्रदान गरिने खबर गरिएको थियो र मलाई यसअघि उक्त मेडल पाएका व्यक्तित्वहरूप्रति मेरो सम्मानका कारण खुसी लागेको थियो,’बेलिचिकले एउटा विज्ञप्तिमा भनेका छन् । उनले गत साताको दुःखद घटनाहरूका कारण यो सम्मान सम्बन्धमा अगाडि नबढ्ने निर्णय गरेको बताए ।

छवटा सुपर बाउल उपाधि जितेका बेलिचिक अमेरिकी फुटबल लीग एनएफएल इतिहासमा सबैभन्दा सफल प्रशिक्षिक मानिन्छन् । प्रेजिडेन्शल मेडल अफ फ्रीडम ’अमेरिकाको सुरक्षा वा राष्ट्रिय स्वार्थमा’ उत्कृष्ट योगदान दिएका व्यक्तिलाई दिने गरिन्छ ।सन् २०१९ मा ट्रम्पले यो मेडल गल्फ खेलाडी टाइगर वुड्स र स्वर्गीय एल्भिस प्रेज्लीलाई प्रदान गरेका थिए।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

२०७७ पुष २८, मंगलवार ०५:०९
Spread the lovemoreकाठमाडौं । लगातार ओरालो लागेको सुनको मूल्यमा मंगलबार भने सामान्य वृद्धि भएको छ । प्रतितोला ९२ हजार २०० रुपैयाँमा सोमबार कारोवार भएको छापावाला सुन मंगलबार भने तोलामा ६०० रुपैयाँले वृद्धि भई ९२ हजार ८०० रुपैयाँ पुगेको छ । यस्तै तेजाबी सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोवार हुने […]