थप ४३० जनामा कोरोना संक्रमण, पाँच जनाको मृत्यु

Spread the love

काठमाडौं । नेपालमा थप ४३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४३० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६५६९८ पुगेको छ ।

त्यसैगरी मंगलबार थप ३९० जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २५९३५८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप पाँच जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९३२ पुगेको छ । क्वारेन्टाइनमा २३७ जना रहेका छन् भने आइसोलेसनमा ४४०८ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम लागू गर्न सर्वोच्चको आदेश

२०७७ पुष २८, मंगलवार १०:३२
Spread the lovemoreकाठमाडौँ । सर्वोच्च अदालतले कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुला गरिदिएको छ । मंगलबार न्यायधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले पाठ्यक्रम सम्बन्धी मुद्दा खारेज गर्दै नयाँ पाठ्यक्रम लागू गर्न निर्देशनात्मक आदेश दिएको हो । विद्यार्थी, शिक्षक र शिक्षा मन्त्रालयका अधिकारीहरुले नयाँ वा […]

समाचार छुट्याे की?