निर्वाचनको घोषणा संवैधानिक: उपसभापति निधि

Spread the love

धनुषा । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्रीद्वारा गरिएको संसद् विघटन असंवैधानिक र निर्वाचनको घोषणा संवैधानिक भएको बताएका छन् ।

नेपाल प्रेस युनियन धनुषाद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उपसभापति निधिले प्रधानमन्त्रीद्वारा भएको संसद् विघटनको निकास सर्वोच्च अदालतबाटै हुने बताए । “प्रधानमन्त्रीद्वारा भएको असंवैधानिक घोषणा सन्दर्भमा कांगे्रसमा कुनै विवाद छैन”, उनले भने, “निर्वाचनको प्रसङ्ग असंवैधानिक नभए पनि अदालतबाट हुने निर्णय कांगे्रसलाई शिरोधार्य हुनेछ ।”

उपसभापति निधिले सामान्यतया निर्वाचनको तयारी कुनै पनि दलले एकवर्ष पूर्व नै गर्ने गरेको यथार्थलाई विवाद वा अनर्थका रूपमा लिन नहुने भन्दै प्रधानमन्त्रीद्वारा संसद् विघटन सन्दर्भमा प्रयोग गरिएको धाराको उल्लेख असंवैधानिक भएको बताए । उनले कांगे्रसको निर्वाचनको मुद्दा सङ्घीयता, गणतन्त्रको रक्षा र जनताको हितमा सफल कार्यान्वयन हुने बताए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तपाइँहरु ढुक्क हुनुस् सर्वोच्चले संसद पुनःस्थापना गर्छः प्रचण्ड

२०७७ पुष २८, मंगलवार ०८:४२
Spread the loveकाठमाडौं । नेकपाको प्रचण्ड- नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाभित्र अहिले देखिएको लडाइँ पदको लडाइँ नभएको बताएका छन् । मंगलबार पोखरामा प्रचण्ड- नेपाल समूहको गण्डकी प्रदेशद्वारा आयोजित वृहत् कार्याकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेकपाभित्र देखिएको लडाइँ विचारको भएको बताएका हुन् । उनले अहिले आफूहरुको लडाइँ विधि […]

समाचार छुट्याे की?