विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड १३ लाख नाघ्यो

Spread the love

विश्वमा कोरोना भाईरस संक्रमितको संख्या ९ करोड १३ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ७ लाख भन्दाबढीमा संक्रमण पुष्टि भएसँगै विश्वमा संक्रमितको संख्या ९ करोड १३ लाख १४ हजार ३७० पुगेको हो ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा पछिल्लो २४ घण्टामा विश्वभर ८ हजार ९ सय भन्दा बढीको मृत्यु भएको छ । यो संगै मृत्यु हुनेको संख्या १९ लाख ५२ हजार ८७९ पुगेको छ । कूल संक्रमितमध्ये ६ करोड ५२ लाख ८६ हजार ३२८ जना संक्रमणमुक्त भएका छन् ।

बाँकी दुई करोड ४१ लाख सात हजार ८९२ जना हाल अस्पताल तथा होम आइसोलेसनमा उपचाररत रहेका छन्। संक्रमितमध्ये २ करोड ४० लाख ७५ हजार १६३ जना संक्रिमत उपचारका क्रममा छन् । जसमध्ये १ लाख ८ हजार ७५० जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरले जनाएको छ ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा कोरोना संक्रमितको संख्या २ करोड ३१ लाख ४३ हजार १९७ पुगेको छ । कोरोनाका कारण ३ लाख ८५ हजार २४९ जनाको मृत्यु भएको छ भने १ करोड ३६ लाख ८० हजार भन्दाबढी संक्रमणमुक्त भएका छन् ।

छिमेकी मुलुक भारतमा संक्रमितको संख्या १ करोड ४ लाख ७९ हजार ९१३ पुगेको छ । अहलेसम्म १ लाख ५१ हजार ३६४ संक्रमितको मृत्यु भएको छ भने १ करोड १ लाख १० हजार बढी संक्रमणमुक्त भएका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सकारात्मक र विवेकको कुरा गर्नेहरु विवश बन्न बाध्य बनाइएको देश हो यो

२०७७ पुष २८, मंगलवार ०३:०६
Spread the lovemoreडा. युवराज संग्रौला । जब राजनीतिक संकट पैदा हुन्छ, त्यसले राज्यका हरेक क्षेत्रलाई असर गर्छ । हरेक नागरिकका दृष्टिकोण हुन्छन्, र उनीहरु बोल्छन्, बोल्नु पर्छ । अहिले राजनीति संकटको अवस्था त राजनीतिले नै सिर्जना गरेको हो नि । यसै सन्दर्भलाई लिएर पूर्वप्रधानन्यायाधीशहरुले बोल्नु भयो । उहाँहरुले कानुनविदका रुपमा […]