सशस्त्र प्रहरीलाई निर्वाचन सुरक्षा योजना बनाउन गृहमन्त्रीको निर्देशन

Spread the love

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले आगामी वैशाखमा हुने मध्यावधि निर्वाचनका लागि आवश्यक सुरक्षा योजना बनाउन सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन् ।

गृह मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा वरिष्ठ प्रहरी उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षकमा बढुवा भएका प्रहरी अधिकृतलाई बधाई तथा शुभकामना दिँदै मन्त्री थापाले निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका हुन् ।

गृहमन्त्री थापाले भने, “स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण ढङ्गले निर्वाचन सम्पन्न गर्न तपाईंहरू जुट्नुहोस्, त्यसका लागि आवश्यक स्रोत साधनको कमी भए मन्त्रालयलाई जानकारी गराउनुहोला कुनै कमी हुन दिइनेछैन ।”

शान्ति सुरक्षा, सीमा सुरक्षा तथा विपद् व्यवस्थापनलगायतका क्षेत्रमा सशस्त्र प्रहरीले खेल्दै आएको भूमिकाको प्रशंसा गर्दै गृहमन्त्री थापाले मन्त्रालयले तयार गरेको सुधार कार्ययोजनाअनुरुप काम अघि बढाउन आग्रह गरे । कार्यक्षेत्रमा उच्च मनोबलका साथ काम गर्न निर्देशन दिँदै उनले भने, “तपाईँहरुलाई कुनै चुनौती आए मन्त्रालयबाट सहयोग र संरक्षण हुनेछ, ढुक्कसँग शान्ति सुरक्षामा खटिनुहोस् ।”

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाली सेनाद्वारा कङ्गोमा २० हजार विस्थापितलाई आवास निर्माण

२०७७ पुष २८, मंगलवार १६:२९
Spread the lovemoreकाठमाडौं । अफ्रिकी मुलुक कङ्गोमा तैनाथ नेपाली सेना शान्ति सैनिकको इञ्जिनीयर गुल्मले निकै छोटो समयमा ठूलो सङ्ख्यामा विस्थापित द्वन्द्वपीडितका लागि आवास निर्माण गरेर उदाहरण प्रस्तुत गरेको छ । त्यहाँको डिजुगु क्षेत्रबाट विस्थापित २० हजार जनतालाई बुनियास्थित मुजिपेला क्षेत्रमा नेपाली शान्ति सैनिकले छोटो अवधिमा विभिन्न संरचनासहितको आवास निर्माण गरी […]