६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

Spread the love

काठमाडौं । लगातार ओरालो लागेको सुनको मूल्यमा मंगलबार भने सामान्य वृद्धि भएको छ । प्रतितोला ९२ हजार २०० रुपैयाँमा सोमबार कारोवार भएको छापावाला सुन मंगलबार भने तोलामा ६०० रुपैयाँले वृद्धि भई ९२ हजार ८०० रुपैयाँ पुगेको छ ।

यस्तै तेजाबी सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । तोलामा ९१ हजार ७०० रुपैयाँमा तेजाबी सुन सोमबार कारोवार भएको थियो । यस्तै चाँदीमा आज तोलामा २० रुपैयाँले वृद्धि भएको छ । एक हजार २३० रुपैयाँमा सोमबार कारोवार भएको चाँदी आज एक हजार २५० रुपैयाँ मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना संक्रमणबाट कपिलवस्तुमा थप एक पुरुषको मृत्यु

२०७७ पुष २८, मंगलवार ०६:३४
Spread the lovemoreकाठमाडौं । कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर दुईका ७८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । भैरहवास्थित भीम अस्पतालमा उपचाररत ती पुरुषलाई थप समस्या भएपछि काठमाडौं लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । योसँगै कपिल्वस्तु जिल्लामा कोभिड १९ को कारण मृत्यु हुनेको […]