ओली समूह सडकको धुलोमा परिणत हुन्छः अध्यक्ष नेपाल

Spread the love

काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको लडाइँ पद र प्रतिष्ठाको नभई विचार, नीति र पद्धतिको भएको बताएका छन् ।

प्रचण्ड-नेपाल समूहको काठमाडौं जिल्लास्तरीय कार्यकर्ता भेलालाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूहरु पार्टीमा पद्दति स्थापित गर्न लडेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीको देशलाई संकटमा पुर्याउने चाहना रहेको उनले बताए । प्रतिनिधिसभा विघटनको कदमविरुद्ध अपार समर्थन पाएको भन्दै उनले प्रधानमन्त्री ओली सबै हिसाबले एक्लिएको बताए ।

प्रधानमन्त्री ओलीले डमरु बजाउँदै केन्द्रीय कमिटी सदस्य बाँडिरहेको भन्दै उनले ओलीको पार्टी सडकको धुलोमा परिणत हुने दाबी गरे । मन्त्रीहरुको अधिकार खोसेर मन्त्रीहरुको अपमान गरिएको तथा सचिवहरुमार्फत सरकार चलाउन थालेको उनले आरोप लगाए ।

उनले ओलीलाई विध्वंसकारी मान्छे भन्दै कहिल्यै पनि बनाउने काम नगरेको टिप्पणी गरे । झापा देखि जेल हुँदै जेलबाट निस्किएपछि पनि पार्टीमा समस्या मात्रै खडा गरेको उनले जिकिर गरे ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अमृत भारतीको ‘जान्छु रेलैमा'(भिडियोसहित)

२०७७ पुष २९, बुधबार १४:४४
Spread the lovemoreगायक अमृत भारतीको ‘जान्छु रेलैमा’ बोलको गीतमा सार्वजनिक भएको छ। गीतमा भारतीकै शब्द तथा स्वर रहेको छ। भारतीसँगै गीतमा शिव श्रेष्ठ,आशा केसीले पनि साथ दिएका छन्। गतीमा राजकुमार नेपाली, सुमित्रा बानियाँ, विवश बस्नेत लगायतले अभिनय गरेका छन्। गायक भारतीले दशैँको अवसरमा रातो खसी बोलको गीत बजारमा ल्याएका थिए। […]