कालीकोटमा बाबुले घरमा आगो लगाउँदा दुई छोराको मृत्यु

Spread the love

मान्म । कालीकोटको नरहरिनाथ गाउँपालिका–७ दुदुल्लीमा बाबुले घरमा आगो लगाउँदा दुई छोराको जलेर मुत्यु भएको छ । नरहरिनाथ–७ का भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा उनका दुई छोराको जलेर आज मृत्यु भएको हो ।

भैरे विष सेवन गरेर आफू पनि गम्भीरावस्थामा रहेको जनाइएको छ । घरायसी झगडाका कारणले बटालाले घरमा आगो लगाउँदा उनका १२ वर्षीय र सात वर्षीय छोरा क्रमशः गणेश र मनबहादुरको मृत्यु भएको तथा अर्का चार वर्षीय छोरा खगेन्द्र भने घाइते भएका जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख चक्रबहादुर शाहलेजानकारी दिए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ब्रजिलमा गरिएको परीक्षणमा सिनोभ्याकको कोभिड खोप ५० प्रतिशत मात्रै प्रभावकारी

२०७७ पुष २९, बुधबार ०७:१६
Spread the lovemoreचीनको सिनोभ्याकले उत्पादन गरेको कोभिड १९ विरुद्धको खोप ब्रजिलमा गरिएको परीक्षणमा ५०.४ प्रतिशत मात्रै प्रभावकारी देखिएको अध्ययनकर्ताहरूले बताएका छन् । नयाँ तथ्याङ्कले यसअघिको तथ्याङ्कभन्दा यो खोप एकदमै कम प्रभावकारी रहेको देखाएको छ। खोप स्वीकृत हुनका लागि कम्तीमा ५० प्रतिशत प्रभावकारी हुनुपर्ने प्रावधान छ । ब्रजिलको सरकारले कोभिडविरुद्ध देशभर […]