विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड २० लाख नाघ्यो

Spread the love

विश्वमा कोरोना भाईरस संक्रमितको अवस्था ९ करोड २० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ६ लाख ५१ हजार ५२९ संक्रमित थपिएसंगै संक्रमितको संख्या ९ करोड २० लाख ६ हजार १७८ पुगेको छ । त्यसैगरी, पछिल्लो २४ घण्टामा १५ हजार ५ सय कोरोना संक्रमितको मृत्यु भएको छ । यो दैनिक मृत्यु हुनेको संख्या हालसम्मकै बढी हो ।

अहिलेसम्म विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ लाख ७० हजार ३० पुगेको छ । अहिलेसम्म ६ करोड ५८ लाख १८ हजार ६२९ जनाले कोरोना संक्रमणमुक्र भएका छन् । संक्रमितमध्ये २ करोड ४२ लाख १७ हजार ५१९ जना होम तथा संस्थागत आइसोलेसन र विभिन्न अस्पतालमा उपचाररत छन् । जसमध्ये १ लाख १० हजार ८१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

विश्वमा सबैभन्दा बढी संक्रमण फैलिएको अमेरिकामा एकैदिन ४ हजार ८५ जनाको मृत्यु भएको छ। योसँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ८९ हजार ५९९ पुगेको छ ।

त्यस्तै, एकैदिन २ लाख १२ हजार ४०४ जना संक्रमित थपिएसंगैसंक्रमितको संख्या २ करोड ३३ लाख ६८ हजार २२५ पुगेको छ । छिमेकी मुलुक भारतमा संक्रमित संख्या १ करोड ४ लाख ९५ हजार ८१६ पुगेको छ भने अहिलेसम्म १ लाख ५१ हजार ५६४जनाको मृत्यु भएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सुनुवाइ सुरु

२०७७ पुष २९, बुधबार ०४:०८
Spread the loveकाठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सुनुवाइ सुरु भएको छ । यसका लागि सर्वोच्चले बुधबार बिहान प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा इजलास गठन गरेको छ । इजलासमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन् । न्यायाधीश मल्ल इजलासमा नयाँ थपिएकी हुन् […]

समाचार छुट्याे की?