काठमाडौं विश्वविद्यालयमा सक्षम र नैतिकवान व्यक्ति नियुक्त गर्न डा. केसीको माग

Spread the love

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले काठमाडौं विश्वविद्यालयको पदाधिकारीमा सक्षम र नैतिकवान व्यक्तिको नियुक्त गर्न माग गरेका छन् ।

बिहीबार विज्ञप्ति जारी गरी डा.केसीले केयूको उपकुलपति नियुक्ति प्रक्रिया निष्पक्ष र न्यायोचित हुनुपर्ने बताएका हुन् । केसीले विज्ञहरुबाट सबै उम्मेदवारको योग्यता र अनुभवदेखि भिजनसम्मको मुल्यांकन गरेर मात्रै नियुक्तिका लागि सिफारिस गर्न माग गरेका छन् ।

प्रेस विज्ञप्ति
काठमाडौं विश्वविद्यालयका पदाधिकारी नियुक्ति प्रक्रियाप्रति हाम्रो ध्यानाकर्षण भएको छ ।
पछिल्लो समय उपकुलपति नियुक्तिका लागि सर्च कमिटिले प्रक्रिया अघि बढाएको तथा सो पदका लागि तीन दर्जनभन्दा बढी आवेदनहरु परेको अवस्थामा नियुक्ति प्रक्रिया निष्पक्ष र न्यायोचित हुनु पर्दछ । त्यसका लागि विज्ञहरुबाट सबै उम्मेदवारको योग्यता र अनुभवदेखि भिजनसम्मको मुल्यांकन गरेर मात्रै नियुक्तिका लागि सिफारिस गरिनुपर्दछ ।
खास गरी मेडिकल शिक्षा नियमनमा गत वर्षहरुमा देखिएको चरम् अनियमितता र बेथितिको केन्द्रमा काठमाडौं विश्वविद्यालयका निवर्तमान पदाधिकारीहरु रहेका छन् । देशका आधाभन्दा बढी निजी मेडिकल कलेजहरु उक्त विश्वविद्यालय अन्तर्गत रहेकोमा ती मेडिकल कलेजका सञ्चालकहरुको स्वार्थ र इशारामा पदाधिकारीहरु चल्ने गरेका छन् । कतिसम्म भने निजी कलेजहरुलाई नेपाल सरकार मन्त्री परिषद्ले एमबीबीएस कार्यक्रमका लागि तोकेकोभन्दा बढी शुल्क लिन दिने गरी अवैध निर्णयहरु समेत भएका छन् ।
त्यसैले हामीसँग पछिल्लो सत्याग्रहमा भएका सम्झौताहरु समेत कार्यान्वयन हुने गरी तथा सक्षम र नैतिकवान व्यक्तिको नियुक्ति हुने गरी सो प्रक्रिया अघि बढाउन सम्बन्धित सबैसमक्ष माग गर्दर्छौं ।
डा गोविन्द केसी
काठमाडौं
२०७७ माघ १

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोभिड सङ्क्रमणपछि ’कम्तीमा पाँच महिना सुरक्षित’

२०७७ माघ १, बिहीबार १०:२३
Spread the loveएक पटक कोरोनाभाइरसबाट सङ्क्रमित भएको व्यक्ति कम्तीमा अर्को पाँच महिनासम्म सङ्क्रमण हुनबाट बच्ने पब्लिक हेल्थ इङ्गल्यान्डको एउटा अध्ययनले देखाएको छ । वैज्ञानिकहरूले कोरोनाभाइरस सङ्क्रमण हुने सम्भावना कहिल्यै सङ्क्रमण नभएका व्यक्तिको दाँजोमा एक पटक सङ्क्रमित भएका व्यक्तिलाई ८३ प्रतिशतले कम हुने पत्ता लगाएका छन् । तर विज्ञहरूले कोरोनाभाइरसको सङ्क्रमण […]