ताजा जनादेशमा जाने कुरा असंंवैधानिक हुनै सक्दैनः सञ्चारमन्त्री गुरुङ

Spread the love

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मुलुकलाई सङ्कटबाट निकास दिन प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जाने निर्णय गर्नुपरेको बताएका छन् । ‘नमस्ते ख्वप टेलिभिजन’ले बिहीबार आयोजना गरेको कार्यक्रममा उनले मुलुकलाई सही निकास दिन घोषणा गरिएको निर्वाचन अग्रगामी भएको स्पष्ट पारे ।

“मुलुकलाई सङ्कटबाट निकास दिन ताजा जनादेश लिनका लागि प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जाने निर्णय गरिएको हो,” सरकारका प्रवक्ता गुरुङले भने, “जनताको ताजा जनादेश लिएर मुलुकलाई निकास दिन प्रधानमन्त्रीले चाल्नुभएको कदम प्रतिगामी नभई अग्रगामी हो ।”

उनले ताजा जनादेशमा जाने सरकारको निर्णय सही भए नभएको छुुट्याउने काम जनताले निर्वाचनबाटै गर्ने बताए । लोकतान्त्रिक गणतन्त्रमा ताजा जनादेशमा जाने कुरा असंंवैधानिक र प्रतिगामी हुनै नसक्ने उनको भनाइ थियो ।

मन्त्री गुरुङले जनतालाई सही सूचना दिने गरी सञ्चार प्रवाह गर्न सञ्चारमाध्यमलाई आग्रह आग्रह गर्दै सञ्चारमैत्री नीतिनिर्माणमा आफूू केन्द्रित भएको बताए । त्यसका लागि आफूले सरोकार निकायसँगको सहकार्यमा जोड दिएको उनको भनाइ थियो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आन्दोलनको भावी रणनीति बनाउँदै प्रचण्ड-नेपाल समूह

२०७७ माघ १, बिहीबार १३:११
Spread the lovemoreकाठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनलाई थप सशक्त बनाउने भएको छ । बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको प्रचण्ड-नेपाल समूहको स्थायी कमिटीको बैठकले आन्दोलनलाई सशक्त बनाउने निर्णय गरेको हो । आन्दोलनलाई थप सशक्त बनाउने बैठकले निर्णय गरेको नेता सुरेन्द्र पाण्डेले जानकारी दिए । बैठकमा आन्दोलनको भावी रणनीति, […]

समाचार छुट्याे की?