बायर्न म्युनिख दोस्रो चरणबाट बाहिरियो

Spread the love

जर्मन बुन्डेसलिगाको शीर्ष स्थानमा रहेको बायर्न म्युनिख दोस्रो श्रेणीको होल्सटिन किइलसँग सडनडेथमा पराजित हुँदै डिएफबी पोकलको दोस्रो चरणबाट बाहिरिएको छ । बायर्न सडनडेथमा होल्सटिनसँग ६–५ ले पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको छ ।

निर्धारित समय र थप गरिएको समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । त्यसअघि होल्सटिनको मैदानमा बुधबार राति भएको खेलमा बायर्नले खेलको १४औं मिनेटमा सर्ज जिनाब्रीको गोलबाट बायर्नले अग्रता लिएको थियो । उनले थोमस मुलरको पासमा गोल गरेका थिए ।

३७औं मिनेटमा फिन बार्टेल्सले गोल गर्दै खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याए । ४८औं मिनेटमा लिरोए सानेले गोल गर्दै बायर्नलाई २–१ को अग्रता दिलाए । ९०औं मिनेटमा हउके वालले गोल गर्दै खेललाई अतिरिक्त समयमा लम्ब्याएका थिए ।

यस्तै डिएफबी पोकलको दोस्रो राउन्डको अर्को खेलमा १० खेलाडीमा समेटिएको बायर लिभरकुसनले फ्रान्कफुर्टमाथि ४–१ को सानदार जित निकाल्दै तेस्रो चरणमा प्रवेश गरेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बेल्जियमको राजधानी ब्रसेल्समा हिंसात्मक प्रदर्शन

२०७७ माघ १, बिहीबार ०८:०५
Spread the lovemoreप्रहरी हिरासतमा एक २३ वर्षीय युवकको मृत्यु भएको घटनाको विरोधमा बेल्जियमको राजधानी ब्रसल्समा सयौँ मानिसहरूले बुधवार राति हिंसात्मक प्रदर्शन गरेका छन् । हुलदङ्गा भएको स्थानमा खिचिएको भिडिओमा राजा फिलिपको गाडीमा झटारो प्रहार भएको देखिन्छ । आक्रमण हुँदा उक्त गाडी ब्रसल्सबाट राजदरबारतिर फर्किरहेको थियो । प्रदर्शनकारीहरूले एउटा प्रहरी कार्यालयमा […]