बार्सिलोना स्पेनिस सुपर कप फुटबलको फाइनलमा

Spread the love

रियाल सोसिडाडलाई हराउँदै बार्सिलोना स्पेनिस सुपर कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । गएराति भएको खेलमा सोसिडाडलाई टाइब्रेकरमा ३–२ ले हराउँदै बार्सिलोना सिजनको पहिलो उपाधिनजिक पुगेको हो ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलियो । थप ३० मिनेटमा कुनैपनि टोलीले गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा पुग्यो । टाइब्रेकरमा बार्सिलोनाका गोलरक्षक टेर स्टेगनले दुई वटा प्रहार बचाउँदै टोलीलाई फाइनलमा पुर्याए ।

बार्सिलोनाले अब फाइनलमा एथ्लेटिक बिल्बाओ र रियाल मड्रिडबीच हुने खेलको विजेतासँग खेल्नेछ । बार्सिलोना समग्रमा १४ औं पटक स्पेनिस सुपर कप उपाधि जित्ने लक्ष्यमा रहेको छ । साविक विजेता रियाल माड्रिडले ११ पटक स्पेनिस सुपर कप जितेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव तल्लो सदनद्वारा पारित

२०७७ माघ १, बिहीबार ०३:५२
Spread the lovemoreराष्ट्रपति डोनल्ड ट्रम्प अमेरिकी इतिहासमा दुई पटक महाभियोग लाग्ने पहिलो राष्ट्रपति बनेका छन् । उनीविरुद्ध महाभियोग लगाउने प्रस्ताव केहीबेर अघि त्यहाँको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सबाट पारित भएको हो । गत बुधवार अमेरिकी संसद् भवनमा हूलदङ्गा गर्न प्रोत्साहित गरेको अभियोगमा उनीविरुद्ध डेमोक्रेट सांसदहरूले महाभियोग प्रस्ताव प्रस्तुत गरेका थिए […]