मुद्दा मिलाइदिने भन्दै ९० हजार घुस माग्ने पक्राउ

Spread the love

काठमाडौं । मुद्दा मिलाई दिन्छु भनी ९० हजार घुस लिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखा तथा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको संयुक्त प्रहरी टोलीले बिहीबार बिहान साढे सात बजेको समयमा काठमाडौं महानगर वडा नम्बर १५ स्वयंभुबाट मकवानपुरको टिष्टुङ पालुङका चन्द्र लामा भन्ने बुद्धिवहादुर घलानलाई पक्राउ गरेको हो ।

घलानले महानगरीय प्रहरी वृत्तमा अनुसन्धानको क्रममा रहेको एक मुद्दा मिलाईदिन्छु भनि पीडितपक्षसँग ९० हजार रुपैयाँ माग गरेका थिए । उनीविरुद्ध मुलुकी अपराध संहिता २०७४ बमोजिम थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानमन्त्री निवासमा योग दिवस

२०७७ माघ १, बिहीबार ०६:१७
Spread the loveकाठमाडौं । राष्ट्रिय योग दिवस मूल समारोह समितिको आयोजनामा आज दिवस मनाइएको छ । ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने आदर्श वाक्यका साथ प्रधानमन्त्री निवास बालुवाटारमा मनाइएको दिवसमा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्री, उच्च कर्मचारी, योगगुरु, अभ्यासकर्ता, शिक्षाकर्मीलगायत सहभागी थिए । दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री […]