ट्रम्पविरुद्ध मतदान गर्ने सांसदलाई ‘सुरक्षा खतरा’

Spread the love

अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पलाई बुधवार महाभियोग लगाउन उनको पार्टीका १० जना सदस्यले साथ दिएपछि संसद्मा रिपब्लिकनहरूबीच गहिरो विभाजन देखापरेको छ । तल्लो सदनमा तेस्रो वरिष्ठताकी रिपब्लिकन नेत्री लिज चेनीले महाभियोगको पक्षमा मतदान गर्ने उनको भूमिकालाई लिएर उनले पार्टी नेतृत्व तहबाट राजीनामा दिनुपर्ने मागको सामना गरिरहेकी छन् ।

ट्रम्पविरुद्ध मतदान गरेका सांसदहरूले आफूहरूले हिंसाको खतरा सामना गरेको र सुरक्षा बढाइएको बताएका छन् । ट्रम्पले कार्यालय छाड्ने र सिनेटमा सुनुवाइको सामना गर्ने तयारी गरिरहँदा पछिल्लो अवस्था देखापरेको हो । हाउस अफ रेप्रिजेन्टेटिभ्समा बुधवार ट्रम्पलाई महाभियोग लगाउने पक्षमा २३२ मत परेको थियो।

गत साता क्यापिटल भवनमा भएको हिंसालाई प्रोत्साहित गरेको आरोपमा लगाइएको महाभियोगको विपक्षमा १९७ जना सांसद थिए । सङ्घीय जाँच ब्यूरो एफबीआईले डेमोक्र्याट राष्ट्रपति निर्वाचित जो बाइडनको बुधवार हुने सपथ समारोहका दिन वासिङ्टन डीसी र ५० वटा राज्यका राजधानीहरूमा सशस्त्र समूहको सम्भावित प्रदर्शनको खतरा औँल्याएको छ ।

रिपब्लिकन राष्ट्रपति जर्ज डब्ल्यू बुसका उपराष्ट्रपतिकी छोरी नेत्री चेनीले महाभियोगको पक्षमा मतदान गरे लगत्तै उनको राजीनामा माग गरिएको थियो । बसहमा फरक धारणाहरू आउनुलाई स्वाभाविक ठान्ने उनले ट्रम्प ऐतिहासिक दोस्रो महाभियोगमा परेपछि भनिन्, ‘तर हाम्रो देशले गृहयुद्धयताकै अभूतपूर्व संवैधानिक सङ्कटको सामना गरिरहेको छ।’

अर्का रिपब्लिकनले कैयौँ सहकर्मीले शरीर सुरक्षा गर्ने रक्षाकवच किनेको जानकारी दिए । उनका अनुसार सुरक्षा खतराका कारण ती सांसदहरूले हिंसाको चेतावनी पाएपछि नियमित तालिका परिवर्तन गर्न बाध्य भएका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

उत्तर कोरियाद्वारा 'विश्वकै शक्तिशाली अस्त्र’ सार्वजनिक

२०७७ माघ २, शुक्रबार ०३:११
Spread the lovemoreउत्तर कोरियाले पनडुब्बीबाट प्रहार गरिने एउटा नयाँ प्रकारको बलिस्टिक क्षेप्यास्त्र सार्वजनिक गरेको छ । सरकारी सञ्चारमाध्यमले त्यसलाई संसारकै सबैभन्दा शक्तिशाली अस्त्र भनेर वर्णन गरेका छन् । सरकारी सञ्चारमाध्यमका अनुसार प्योङ्गयाङमा सैनिक परेडका क्रममा थुप्रै क्षेप्यास्त्रहरू प्रदर्शन गरिएको र त्यसलाई सर्वोच्च नेता किम जङ्ग उनले अवलोकन गरेका थिए। त्यसअघि […]