दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु

Spread the love

कञ्चनपुर । गएराति मोटरसाइकल एकआपसमा ठोक्किँदा कञ्चनपुरको कृष्णपुरमा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्र्तगत कृष्णपुर नगरपालिका–५ आम्खैयामा दुर्घटना हुँदा दुई जनाको मृत्यु र दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

दुर्घटनामा परी से ६ प ३१६७ नम्बरको मोटरसाइकल चालक धनगढीको गोदावरी राइसमिल नजिक बस्ने २५ वर्षीय आशिष जोशी र सुप.प्र. ०१.००.७१५७ नम्बरको मोटरसाइकल चालक कृष्णपुर नगरपालिका–२ वाणीका ३५ वर्षीय जनक बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा गम्भीर घाइते जोशीको धनगढीस्थित निशंर्ग अस्पताल र बोहराको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । सोही मोटरसाइकल दुर्घटनामा परी कैलालीको लम्कीचुहा नगरपालिकाका २३ वर्षीय निश्चल राठोर र अभिषेक चुनारा घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेहरुको धनगढीमा उपचार भइरहेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विश्वमा ६ करोड ६७ लाख भन्दा बढी मानिस कोरोना संक्रमणमुक्त

२०७७ माघ २, शुक्रबार ०२:५३
Spread the loveविश्वमा कोरोना भाईरस संक्रमणका कारण मृत्यु हुनेको संख्या २० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा १५ हजार २८१ संक्रमितको मृत्यु भएसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या संख्या २० लाख १ हजार २२४ पुगेको हो । यसैगरी, पछिल्लो २४ घण्टामा ७ लाख ४७ हजार ३१७ जनामा संक्रमण पुष्टि […]