पोखरा–बाग्लुङ राजमार्गमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

Spread the love

कास्की । पोखरा–बाग्लङ राजमार्गमा शनिबार साँझ भएको जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । दुर्घटनामा पोखरा महानगरपालिका–१० बस्ने ५० वर्षीय प्रकाश पुन र ५२ वर्षीय चित्र पुनको उपचारका क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक दीपक केसीले जानकारी दिए ।

प्रकाशको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र चित्रको मणिपाल अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ । जीपमा नौ जना सवार रहेकामा घाइतेको हाल सहारा अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक केसीले बताए । पोखरा–२५ हेमजाबाट पोखराबजारतर्फ आउँदै गरेको बा२च ७४१० नम्बरको जीप राजमार्गको याम्दीमा सडकमा अनियन्त्रित भएर दुर्घटनामा परेको थियो । जीप अनियन्त्रित भएपछि सडकबाट अन्दाजी २५ मिटर तल खसेको बताइन्छ ।

दुर्घटनामा एक जनाको मृत्यु

सुनसरीको इटहरी उपमहानगरपालिका–१ आँपगाछीमा शनिबार साँझ सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान–१० का ३० वर्षीय विक्रम चेम्जोङ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । इटहरीबाट धरानतर्फ जाँदै गरेको को३२प ६७१६ नम्बरको मोटरसाइकल र धरानबाट इटहरीतर्फ आउँदै गरेको को१ख ५५२७ नम्बरको ट्रक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार चेम्जोङको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए । मोटरसाइकलमै सवार धरान–१० का साइल तुलाधर घाइते भएका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विश्वमा २ करोड ५१ लाख भन्दा बढी मानिसमा कोरोना भाइरसको सक्रिय संक्रमण

२०७७ माघ ४, आईतवार ०३:०१
Spread the loveविश्वमा पछिल्लो २४ घण्टामा ६ लाख ३६ हजार ३ सयभन्दाबढी कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ९ करोड ४९ लाख ५० हजार ८४८ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण विश्वमा १२ हजार ८६९ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या […]