प्रदेश र स्थानीय तहमा सम्पर्क व्यक्ति तोक्ने निर्वाचन आयोगको निर्णय

Spread the love

काठमाडौं । निर्वाचन आयोगले आगामी निर्वाचनसँग सम्बन्धी तोकिएका कार्यमा सहयोग र समन्वय गर्न सबै प्रदेश र स्थानीय तहमा एक÷एक जना सम्पर्क व्यक्ति तोक्ने निर्णय गरेको छ ।

नामावली सङ्कलन तथा अद्यावधिक, निर्वाचन तथा मतदाता शिक्षा कार्यक्रम र सूचना तथा सन्देश सम्प्रेषण गर्नेलगायतका कार्यका लागि सम्पर्क व्यक्ति तोकिन लागेको आयोगले जनाएको छ ।

सबै प्रदेशमा निर्वाचनसम्बन्धी विषयमा आवश्यक समन्वय गर्न सम्बन्धित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव वा सोसरहका कर्मचारीलाई निर्वाचन सम्पर्क व्यक्ति तोकी जानकारी पठाउन उक्त कार्यालयलाई आयोगले आग्रह गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आयोगले स्थानीय तहमा शिक्षा वा सामाजिक विषयसँग सम्बन्धित शाखाको प्रमुखलाई निर्वाचन सम्पर्क व्यक्ति तोकी जानकारी गराउन अनुरोध गरेको छ ।

यसैबीच आयोगले प्रदेश र स्थानीय तहमा रहने सम्पर्क व्यक्तिको कार्यविवरणसमेत स्वीकृत गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

धनगढी क्रिकेट एकेडेमी र सगरमाथा सिमेन्टबीच सम्झौता

२०७७ माघ ७, बुधबार १३:३६
Spread the loveसुदूरपश्चिम । धनगढी क्रिकेट एकेडेमी (डिसिए) र सगरमाथा सिमेन्टबीच एकेडेमीको स्तरोन्नति तथा क्रिकेट विकासमा सहकार्य गर्न तीन वर्षका लागि पुनःप्रायोजन सहयोग सम्झौता गरिएको छ । घोराही सिमेन्ट उद्योगका तर्फबाट ‘मार्केटिङ’ प्रमुख प्रतिक अधिकारी र एकेडेमीका अध्यक्ष सुवास शाहीबीच बुधबार सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । सम्झौताअनुसार तीन वर्षका लागि […]