गगन थापा ।
कमलपोखरी पुननिर्माणकाे क्रममा भइरहेको कमजोरीका सम्बन्धमा हिजो कमलपोखरी संरक्षण एवं जनहित समाज, कमलपोखरी स्पाेर्टस क्लब र स्थानीय बासिन्दाले पोखरी निरीक्षण र निर्माण व्यवसायीसँग छलफल गरेपछि हाम्रो निष्कर्ष!
१. कमलपोखरी निर्माण गर्दा ऐतिहासिक र पर्यावरणीय पक्षलाई ध्यान दिन पुरातत्त्व विभाग,स्थानीय सराेकारवाला र संरक्षण अभियन्ताले महानगरपालिकालाई ध्यानाकर्षण गराइसकेको सन्दर्भमा महानगरपालिकाले अविलम्ब सबै पक्षसँग एक साथ छलफल गरी पोखरीको ऐतिहासिक र पर्यावरणीय पक्षलाई नबिगारी साैन्दर्यीकरणकाे कामलाई अघि बढाउन विषयमा समझदारी कायम गराउन पहल गर्ने ।
२. यो सुनिश्चित नहुदासम्म हाल भइरहेको निर्माणकाे काम तत्काल स्थगन गर्नुपर्ने ।यस विषयमा हिजै हामीले निर्माण व्यवसायीलाई जानकारी गराइसकेका छाैं।
३. आशा छ का.म.न.पा.ले यो विषयलाई प्रतिष्ठाको विषय नबनाई, सराेकारवालाले उठाएका यथार्थ मुद्दा र पुरातत्त्व विभागको चासोलाई संबाेधन गरेर मात्र अघि बढ्नेछ।