विप्लव नेतृत्वको नेकपाका मोरङ जिल्ला इन्चार्ज पक्राउ

Spread the love

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका मोरङ जिल्ला इन्चार्ज डिबि सिलवाल भन्ने धन बहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई मोरङको बुढीगंगा गाउँपालिका ४ बाट बुधबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले बिहीबार जानकारी दिएको छ ।

विकले मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्या गरेको प्रहरीले दाबी गरेको छ । उनको साथबाट सेमी अटोमेटिक पेस्तोल एक थान, गोली ३ थान लगायतका हतियार र एउटा मोटरसाइकलसमेत बरामद गरिएको प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिएका छन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई हातहतियार खरखजना कसूरमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतले अनुदानमा दिएको १० लाख डोज खोप नेपाल आइपुग्यो

२०७७ माघ ८, बिहीबार ०६:३९
Spread the loveकाठमाडौं । नेपालका लागि भारतले अनुदानस्वरूप दिएको खोप लिएर एयर इन्डियाको विमान काठमाडौं आइपुगेको छ । भारतले अनुदानका रुपमा दिएको कोरोनाविरुद्धको १० लाख डोज खोप लिएर एयर इन्डियाको विमान त्रिभुवन विमानस्थलमा बिहान अवतरण गरेको हो । कोभिसिल्ड खोप भारतको सिरम इन्स्टिच्युट अफ इन्डयाको उत्पादन हो । स्वास्थ्य तथा […]