विष्णु रिजाल ।
संचारमाध्यमहरूमा प्रतिनिधिसभा विघटनसँग जोडेर पूर्वसभामुख सुवास नेम्वाङका बारेमा लेखिएको पाइन्छ । पहिले प्रतिनिधिलभा विघटन हुँदैन भन्ने उहॉले अहिले प्रधानमन्त्रीले विघटन गरेकाले बैशाखमा चुनाव हुन्छ भनिरहनुभएको छ । विगत हेर्दा चाहिं उहॉका व्याख्या र अनुमानहरू पूर्णत: गलत सावित भएको र त्यसबाट पार्टीलाई क्षति भएको दृष्टान्त पाइन्छ ।
१. ०५२ मा प्रम मनमोहन अधिकारीलाई प्रतिनिधिसभा विघटनको सल्लाह दिने र अदालतबाट पक्षमा निर्णय आउँछ भन्ने व्यक्ति सुवास नेम्वाङ नै हुनुहुन्थ्यो । ०५२ भदौ १२ गते फैसला सुन्न एक ठाउँमा बसिरहेका नेताहरूले लवज सुन्दा ‘पक्षमा फैसला हुन्न कि क्या हो ?’ भन्दा ‘होइन, विश्वनाथ उपाध्यायको बानी नै सुरूमा नकारात्मक चर्चा गरेर अन्तिममा सकारात्मक फैसला गर्नेछ’ भनेको नेताहरूले बिर्सेका छैनन् ।
२. ०७३ मा तत्कालीन माओवादीले समर्थन फिर्ता लिएर केपी ओलीको सरकार अल्पमतमा परिसक्दा पनि सुवास नेम्वाङले ‘संविधानमा नयॉ सरकार बन्ने धारा नै छैन, ओलीले सरकार छाड्नुपर्दैन’ भनिरहनुभएको थियो । राजनीतिक हैसियत गुमिसक्दा पनि जति उकासे पनि सरकार बच्न सक्ने कुरा थिएन र बचेनँ । बरु, यसबाट क्षति मात्रै भयो ।