ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु

Spread the love

राजविराज । सप्तरीको कञ्चनरूप नगरपालिकामा बिहीबार साँझ भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । कञ्चनरूप–११ ठेलिया टोलको नहरस्थित भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा सोही ठाउँका १८ वर्षीय रामआशिष रामको घटनास्थलमै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ट्याक्टर आफैं अनियन्त्रित भई पल्टिँदा ट्याक्टरमा सवार कञ्चनरूप–११ का १६ वर्षीय कृष्ण साह, ट्याक्टर चालक १७ वर्षीय विशाल राम, १७ वर्षीय सुनिलकुमार राम र अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ मटिगढाका २१ वर्षीय मदन साह घाइते भएका छन् ।

त्यसैगरी, तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ल्युतपाखामा बिहीबार भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । छिम्केश्वरी आँबुखैरेनी सडकखण्डअन्तर्गत छिम्केश्वरीबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग१त ३७७० नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिँदा ट्याक्टरमा सवार आँबुखैरेनी गाउँपालिका–२ अदुवाखर्कका ३६ वर्षीय केशव दर्लामीको मृत्यु भएको हो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विश्वमा ९ करोड ८० लाख भन्दा बढीमा कोरोना संक्रमण

२०७७ माघ ९, शुक्रबार ०२:४०
Spread the loveविश्वमा ७ करोड भन्दा बढी मानिस कोरोना भाइरस संक्रमणमुक्त भएका भएका छन् । पछिल्लो २४ घण्टामा ५ लाख ९७ हजार भन्दाबढी संक्रमणमुक्त भएसंगै ७ करोड ४ लाख ४८ हजार २३७७ जना संक्रमित कोरोनामुक्त भएका हुन् । यस्तै, पछिल्लो २४ घण्टामा छ लाख ४० हजार चार सय भन्दाबढी संक्रमित […]