प्रचण्ड–नेपाल समूहले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै, एक लाख भन्दा बढी कार्यकर्ता उतार्ने तयारी

Spread the love

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नेकपाको प्रचण्ड–नेपाल समूहले आज काठमाडौंमा विरोध प्रदर्शन गर्दैछ । एक लाख भन्दा बढी कार्यकर्ता उतार्ने योजनासहित प्रचण्ड-नेपाल समूहले विशाल शक्ति प्रदर्शन गर्न लागेको हो ।

काठमाडौंको माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपन्डोललगायत विभिन्न ९ ठाउँबाट निस्कने जुलुस रत्नपार्क पुगेपछि विरोध सभामा परिणत हुनेछ ।

सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनाललगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा पुनःस्थापना नहुञ्जेलसम्म संघर्षको कार्यक्रम जारी रहने बताएका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वाग्मती प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुने

२०७७ माघ ९, शुक्रबार ०३:११
Spread the loveहेटौंडा । वाग्मती प्रदेशसभाको सातौँ अधिवेशन बैठक आज दिउँसो १ बजे बस्दै छ । आज बस्ने बैठकमा मुख्यमन्त्री डोरमणि पौडलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि सामान्य छलफल प्रारम्भ हुने संसद सचिवालयले जनाएको छ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेल तथा सत्तारुढ नेकपा संसदीय दलका नेताहरुसँग गएराति […]

समाचार छुट्याे की?