वाग्मती प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुने

Spread the love

हेटौंडा । वाग्मती प्रदेशसभाको सातौँ अधिवेशन बैठक आज दिउँसो १ बजे बस्दै छ । आज बस्ने बैठकमा मुख्यमन्त्री डोरमणि पौडलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि सामान्य छलफल प्रारम्भ हुने संसद सचिवालयले जनाएको छ ।

प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेल तथा सत्तारुढ नेकपा संसदीय दलका नेताहरुसँग गएराति छलफल गरी आज दिउँसो १ बजे बैठक बस्ने गरी सहमति भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

प्रदेशसभाको कार्यपरामर्श समितिको बैठकले हिजो बैठक बोलाउन सभामुखलाई मुख्यमन्त्री तथा सत्तारुढ दलका नेताहरुसँग सहमति गरेर ल्याउन भनिएअनुसार सभामुख श्रेष्ठले बैठक आह्वान गर्नुभएको सचिवालयका सचिव खड्काले जानकारी दिए ।

प्रदेशसभाको सातौँ अधिवेशन माघ ७ गते दिउँसो सञ्चालन भई विभिन्न दलका नेताहरुले शुभकामना मन्तव्य व्यक्त गरिसकेपछि सभामुख श्रेष्ठले अनिश्चितकालका लागि बैठक स्थगन गरेका थिए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अब अमेरिका जाने यात्रुका निम्ति कोभिड परीक्षण र क्वारन्टीन आवश्यक

२०७७ माघ ९, शुक्रबार ०३:३०
Spread the loveकोरोनाभाइरस महामारीले आक्रान्त बनेको संयुक्त राज्य अमेरिकामा उक्त भाइरसविरुद्ध युद्धस्तरमा काम गर्न राष्ट्रपति बाइडनले कैयन् कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । राष्ट्रपति बाइडनले खोप लगाउने कार्यमा तीव्रता ल्याउने, परीक्षण बढाउने तथा आवश्यक सामग्रीको उत्पादन वृद्धि गराउने घोषणा गरेका छन् । मास्कजस्ता अत्यावश्यक सामग्रीको उत्पादन बढाउन आपतकालीन कानुनहरू ल्याइने […]