विश्वमा ९ करोड ८० लाख भन्दा बढीमा कोरोना संक्रमण

Spread the love

विश्वमा ७ करोड भन्दा बढी मानिस कोरोना भाइरस संक्रमणमुक्त भएका भएका छन् । पछिल्लो २४ घण्टामा ५ लाख ९७ हजार भन्दाबढी संक्रमणमुक्त भएसंगै ७ करोड ४ लाख ४८ हजार २३७७ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

यस्तै, पछिल्लो २४ घण्टामा छ लाख ४० हजार चार सय भन्दाबढी संक्रमित थपिएका छन् भने १५ हजार आठ सय भन्दा बढी संक्रमितको मृत्यु भएको छ । हालसम्म विश्वमा ९ करोड ८० लाख ५१ हजार ५१२ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये २० लाख ९८ हजार २१२ जनाको मृत्यु भइसकेको छ ।

हाल २ करोड ५५ लाख ४ हजार ९२३ जना सक्रिय संक्रमितको होम तथा संस्थागत आइसोलेसन र विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररतमध्ये १ लाख ११ हजार ३०१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यसैगरी, सबैभन्दा बढी संक्रमण फैलिएको अमेरिकामा एकैदिन ४ हजार ३ सय बढीको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख २० हजार २८५ पुगेको छ । त्यस्तै, एकैदिन एक लाख ७७ हजार चार सय भन्दाबढी संक्रमित थपिएसँगै संक्रमितको संख्या २ करोड ५१ लाख ९६ हजार ८६ पुगेको छ ।

छिमेकी मुलुक भारतमा संक्रमितको संख्या १ करोड ६ लाख २६ हजार २ सय पुगेको छ भने अहिलेसम्म १ लाख ५३ हजार ६७ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड २ लाख ८२ हजार भन्दाबढी संक्रमणमुक्त भएका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रचण्ड–नेपाल समूहले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै, एक लाख भन्दा बढी कार्यकर्ता उतार्ने तयारी

२०७७ माघ ९, शुक्रबार ०२:४५
Spread the loveकाठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नेकपाको प्रचण्ड–नेपाल समूहले आज काठमाडौंमा विरोध प्रदर्शन गर्दैछ । एक लाख भन्दा बढी कार्यकर्ता उतार्ने योजनासहित प्रचण्ड-नेपाल समूहले विशाल शक्ति प्रदर्शन गर्न लागेको हो । काठमाडौंको माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपन्डोललगायत विभिन्न ९ ठाउँबाट निस्कने जुलुस रत्नपार्क पुगेपछि विरोध सभामा परिणत हुनेछ । […]