कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

Spread the love

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरको कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । कावासोती नगरपालिका–८, स्थित भित्री सडकखण्डमा गए राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कावासोती नगरपालिका–३ बस्ने २४ वर्षीय हेमराज थापा र कावासोती–८ बस्ने २६ वर्षीय सुनिल जैसवाल रहेका जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वनवलपुरका प्रहरी नायब उपरीक्षक दिलीप गिरीले जानकारी दिए । मोटरसाइकल अनियन्त्रित भई सालको रुखमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोभिड खोपको अभावका कारण युरोपका कयौँ स्थानमा खोप कार्यक्रम स्थगित

२०७७ माघ १०, शनिबार ०४:१५
Spread the loveकोरोनाभाइरस विरुद्धको खोप विकास गरिरहेको अर्को एउटा कम्पनीले वितरणमा समस्या हुन सक्ने बताएसँगै युरोपेली सङ्घ निराश बनेको छ । वेलायतको कम्पनी एस्ट्राजेनिकाले उत्पादनमा देखिएको समस्याका कारण अनुमान गरिएभन्दा कम मात्रामा खोप उत्पादन हुने बताएको छ । युरोपका कयौँ भागमा फाइजर/बायोएनटेकले वाचा गरे अनुरूपको आपूर्ति नगरेपछि कोभिडको खोप दिने […]

समाचार छुट्याे की?