काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजनमुक्ति सेनाको त्याग र योगदानको सम्मान गर्ने बताएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वजनमुक्ति सेनालाई बोलाएर प्रधानमन्त्री ओलीले विगतमा नेतृत्वले तपाईंहरुको भावनालाई दुरुपयोग गरेको भन्दै आफूले सम्मान गर्ने बताएका हुन् ।
भेटमा प्रधानमन्त्रीले जनयुद्धको अवधिमा तपाईंहरूको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति आफ्नो सम्मान रहेको बताएका थिए ।
प्रधानमन्त्रीले भने, ‘जनयुद्धको अवधिमा तपाईंहरूको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति सम्मान छ । नेतृत्वले तपाइँहरूका भावनाको दुरूपयोग गर्यो । यो तथ्य बुझेर यहाँहरू जुन निष्कर्षमा आइपुग्नुभयो, यो एकदमै सही छ । यसरी आइरहँदा तपाईहरू ढुक्क हुनुहोस्, हामी राजनीतिक रूपमा समस्याको वास्तविक समाधान गर्छाैं । नेतृत्वबाट विगतमा जस्तो धोका पाउनुहुने छैन ।’