निर्वाचन आयोगले दिएन नेकपा विभाजनलाई मान्यता

Spread the love

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई समूहले गरेको विभाजन घोषणालाई अस्वीकार गरेको छ । प्रचण्ड नेपाल समूह र केपी शर्मा ओली समूहले निर्वाचन आयोगमा पार्टी अलग भइसकेको भन्दै दाबी पेश गरेकामा आयोगले दुबैको दाबी खारेज गर्दै नेकपाको पुरानै व्यवस्थालाई मान्यता दिएको हो ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले विधान र पदाधिकारी फेरबदल आपसमा नमिलेकाले आयोगले पहिलेकै पार्टी यथावतै रहने निर्णय गरेको जानकारी दिए । आयोगले अब साविककै विवरण अनुसार कायम भएको जानकारी नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दिनेछ ।

योसँगै केपी ओलीमाथि कारबाही र माधव नेपाललाई अध्यक्ष बनाएको निर्णयपनि अमान्य भएको छ । आयोगले निर्णयबारे ओली र प्रचण्डलाई सोमबार पत्र पठाइनेछ । प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचनमा जाने निर्णय लिएसँगै नेकपा राजनीतिक रुपमा विभाजित छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड ९७ लाख नाघ्यो

२०७७ माघ ११, आईतवार १७:२६
Spread the loveविश्वमा कोरोना भाइरस संक्रमितको संख्या ९ करोड ९७ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ४ लाख ४३ हजार भन्दा बढीमा संक्रमण पुष्टिभएसंगै संक्रमितको संख्या ९ करोड ९७ लाख ६९ हजार ६९८ पुगेको छ । यस्तै, हालसम्म विश्वमा मृत्यु हुनेको संख्या २१ लाख ३८ हजार ९४२ पुगेको छ […]