प्रधानमन्त्री ओलीलाई पार्टी सदस्यबाट निष्कासन गर्ने प्रचण्ड–नेपाल समूहको निर्णय

Spread the love

काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि हटाएको छ ।

पार्टी कार्यालय परिसडाँडामा आइतबार बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको हो ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको अध्यक्षसमेत रहेका ओलीलाई पार्टी अनुशासन उल्लंघन गरेकाले कारबाही गरेको जानकारी दिए । प्रधानमन्त्रीले संसद विघटनगरे लगत्तै असन्तुष्ट बनेका प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री ओलीलाई यसअघिको बैठकले कारबाही किन नगर्ने भनि स्पष्टीकरण सोधेको थियो ।

माघ ५ मा उक्त पत्र प्रधानमन्त्री निवास बालुवाटार पुगेर नेताहरुले बुझाएका थिए । ओलीलाई तीन दिनभित्र स्पष्टिकरण पत्र बुझाउन समय दिइएको थियो । तर, ओलीले स्पष्टीकरण नबुझाएपछि उनलाई आइतबारको बैठकले पार्टी सदस्यताबाट निष्कासन गर्ने निर्णय गरेको हो ।

यस्तै आज बसेको स्थायी कमिटी बैठकले पार्टी केन्द्रीय कार्यालयको सचिवमा स्थायी समिति सदस्य गंगालाल तुलाधरलाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बेरुजु फर्छ्यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट

२०७७ माघ ११, आईतवार १३:१९
Spread the loveकाठमाडौं । बेरुजु फर्छ्यौट मापनको वर्गीकरणमा आर्थिक वर्ष २०७६/०७७ को कायम बेरुजुमध्ये समग्रमा ९५.४६ प्रतिशत फर्छ्यौट गरी बेरुजु फर्छ्यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको छ । मन्त्रीस्तरको पुस २१ गतेको निर्णय अनुसार नेपाल प्रहरी सर्वोत्कृष्ट भएको हो । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बेरुजु […]