शान्तिपूर्ण र सशस्त्र आन्दोलनका घाइते, बेपत्ता, आपांग भएकाहरुको परिचयपत्रको व्यवस्था गर्न कार्यदल गठन

Spread the love

काठमाडौं । सरकारले शान्तिपूर्ण र सशस्त्र आन्दोलनका घाइते, बेपत्ता, आपांग भएकाहरुको परिचयपत्रको व्यवस्था गर्न कार्यदल गठन गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहका सूर्य थापाले बैठकले विगतका शान्तिपूर्ण र सशस्त्र आन्दोलन, जनसंघर्ष, विद्रोह र विभिन्न आन्दोलनमा जीवन उत्सर्ग गरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्वपूर्ण योगदान गर्ने सहिद परिवार, घाइते , बेपत्ता, अंगभंग भएका, लोकतन्त्रका योद्दाहरूको सम्मान एवं परिचयपत्रको व्यवस्था गर्न कार्यदल गठन गरेको जानकारी दिए ।

परराष्ट्रमन्त्री संयोजक रहेको कार्यदलमा अरू मन्त्रीहरू सदस्य छन् । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार पूर्वजनमुक्ति सेनासँग छलफल गरी उनीहरुमा माग सम्बोधन गर्ने बताएका थिए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेप्सेमा उछाल, बजार पूँजीकरण ३२ खर्ब ६६ अर्ब

२०७७ माघ ११, आईतवार १५:३२
Spread the loveकाठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि हुँदा बजार पूँजीकरणसमेत नयाँ उचाइमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार नेप्सेमा ५०.२० अङ्कको वृद्धि भई दुई हजार ४२४.८४ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.४७ ले […]

समाचार छुट्याे की?