संसद विघटनसम्बन्धी राजपत्रमा प्रकाशित सूचनाको आधिकारिकता जाँच गर्न माग गर्दै सर्वोच्चमा निवेदन

Spread the love

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी राजपत्रमा प्रकाशित सूचनाको आधिकारिकता जाँच गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन परेको छ । नेकपाको प्रचण्ड–नेपाल समूहका नेताहरू कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ, रामकुमारी झाँक्रीलगायतले संवैधानिक इजलासमा निवेदन दिएका हुन् ।

बिहीबार इजालसमा प्रश्न उठेपछि मात्रै यससम्बन्धी सूचना राजपत्रमा प्रकाशित गरिएको थियो । त्यसपछि शुक्रबार इजालसमा राजपत्रको सूचना पेस भएको थियो । वेवसाइटमा शुक्रबार मात्रै अपलोड भएको सो सूचना पुस ५ गतेकै मितिमा थियो । यो विवादमा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले आज बोल्न खोजेका थिए । तर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले उनलाई रोकेका थिए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना संक्रमणका कारण विदेशमा थप नौ जना नेपालीको निधन

२०७७ माघ ११, आईतवार ०७:१६
Spread the loveलण्डन । कोरोना सङ्क्रमणबाट विदेशमा थप नौ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता वेलायतमा चार, कुवेतमा तीन, पोर्चुगलमा एक र मलेसियामा एक जनाको निधन भएको हो । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै कोरोना भाइरसबाट २० देशमा मृत्यु हुनेको सङ्ख्या ३२७ […]