प्रधानमन्त्रीद्वारा के टू हिमाल आरोहीको सम्मान

Spread the love

काठमाडौं । विश्वको दोस्रो अग्लो हिमाल माउन्ट के टू आरोहण गरेर फर्केका कीर्तिमानी आरोहीहरुलाई सरकारले सम्मान गरेको छ ।

मंगलबार बिहान स्वदेश फर्केको टोलीलाई दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सम्मान गरेका हुन् ।

निर्मल पूर्जा लगायतका दश नेपाली आरोहीलाई सम्मान गर्दै प्रधानमन्त्री ओलीले आगामी दिनमा सरकारलाई औपचारिक जानकारी गराएर हिमाल आरोहण गरेमा सहयोग गर्ने बताए । उनले माउन्ट के टू को सफलतापूर्वक आरोहण गरेर देशको गौरवलाई अझ माथि उठाएको बताए ।

दशजनाको समूहको नेपाली टोलीले माघ ३ गते माउन्ट के टू हिमालको सफल आरोहण गरेको थियो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

थप ३०३ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु, २८५ जना संक्रमणमुक्त

२०७७ माघ १३, मंगलवार १०:०७
Spread the loveकाठमाडौं । नेपालमा थप ३०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३०३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७००९२ पुगेको छ । त्यस्तै मंगलबार थप २८५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै […]