प्रधानमन्त्रीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दर्ता

Spread the love

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलनासम्बन्धी मुद्दा दर्ता भएको छ । अदालतमा भइरहेको सुनुवाईलाई प्रभाव पार्ने गरी अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको हो ।

वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अर्का अधिवक्ता कञ्चनकुमार न्यौपानेले अवहेलना मुद्दा दर्ता गरेका हुन् । केही दिनअघि प्रधानमन्त्री ओलीले संवैधानिक इजलासमा भएको बहसलाई ’तमासा’को संज्ञा दिएका थिए।

यस्तै उनले आफ्नो पक्षमा फैसला आउने र प्रतिनिधिसभा विघटनलाई अदालतले पनि सदर गर्ने दाबी सार्वजनिक रूपमा नै व्यक्त गर्दै आएका छन् । अदालतमा विचाराधीन मुद्दामा प्रभाव पर्ने गरी अभिव्यक्ति दिन नपाइने व्यवस्था छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानमन्त्रीद्वारा के टू हिमाल आरोहीको सम्मान

२०७७ माघ १३, मंगलवार ०८:५४
Spread the loveकाठमाडौं । विश्वको दोस्रो अग्लो हिमाल माउन्ट के टू आरोहण गरेर फर्केका कीर्तिमानी आरोहीहरुलाई सरकारले सम्मान गरेको छ । मंगलबार बिहान स्वदेश फर्केको टोलीलाई दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सम्मान गरेका हुन् । निर्मल पूर्जा लगायतका दश नेपाली आरोहीलाई सम्मान गर्दै प्रधानमन्त्री ओलीले आगामी दिनमा […]