च्वाईस दोङको ‘पानै त खाने सुपारी चुन’(भिडियोसहित)

Spread the love

गायक च्वाईस दोङ र रञ्जिता घिसिङको नयाँ फापारे सेलो ‘पानै त खाने सुपारी चुन’ सार्वजनिक भएको छ । निगम दोङको शब्द निर्मित गीतमा प्रयास तामाङको संगीत रहेको छ । डम्बर राईले छायाँकन गरेको उक्त भिडियोलाई हेरुका लामाले कोरियोग्राफी तथा निर्देशन गरेका हुन्। मनोज कार्कीले भिडियोलाई सम्पादन गरेका हुन्।

मोडलिङ क्षेत्रमा एकदमै सम्भावना बोकेकी सुमिता तामाङ दोङले भिडियोमा आफ्नो उत्कृष्ट कला पस्कन सफल भएकी छिन् । उनको साथमा गीतमा कुईसाङ रुम्बा, अनिता नेगी,सन्तोस तामाङ दोङ, राज दोङ,सरु थिङ,दिनेश योन्जन र माया लुङ्बाको राम्रो अभिनय देख्न सकिन्छ । सेलो संङगालोको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।

विभिन्न लय र शब्दहरुले भरिएको तामाङ सेलोको बजार दिनान्दिन फराकिलो हुदैं गईरहेका परिवेशमा लोक फापारे सेलो,सैलुङ्गेका साथै आधुनिक सेलोहरुले पनि तामाङ समाजमा मात्र नभई समग्र नेपाली समाजमा समेत आकर्षण बढाएको पाईन्छ ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निर्वाचन आयोगको निर्णय र नेकपाको भविष्य

२०७७ माघ १४, बुधबार ०५:१३
Spread the loveईश्वर पोखरेल । माघ १२ गते निर्वाचन आयोगले गरेको निर्णयले नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) भित्र देखापरेको चरम अराजक, चरम गुटवन्दी र हावी हुनपुगेको फूटवादी गतिविधिका कारण सिर्जना हुनपुगेको गंभीर अवस्थामाथि औंला ठड्याएकोछ – (१) तत्कालीन नेकपा (एमाले) र माओवादी विच एकता गर्दाका समयमा गरिएको निर्णयका आधारमा मात्र […]

समाचार छुट्याे की?