विश्वमा ७ करोड ४३ लाखभन्दा बढी मानिस कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ४ लाख ४३ हजार ८०३ जना संक्रमणमुक्त भएसँगै विश्वमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ करोड ४३ लाख २३ हजार ८८१ जना पुगेको छ । कुल संक्रमितका आधारमा संक्रमणमुक्त हुनेको दर ७२.४२ प्रतिशत हो ।
यस्तै, पछिल्लो २४ घण्टामा ५ लाख ७३ हजार ७६१ जनामा संक्रमण पुष्टि भएसँगै विश्वमा कोरोना संक्रमितको संख्या १० करोड २६ लाख २८ हजार १८३ पुगेको छ । पछिल्लो २४ घण्टामा १४ हजार ५३१ संक्रमितको मृत्यु भएसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या २२ लाख १६ हजार २७९ पुगेको छ।
यस्तै, कुल संक्रमितको २५.४२ प्रतिशत अर्थात् २ करोड ६० लाख ८४ हजार ३४६ जना सक्रिय संक्रिमत रहेका छन् । जसमध्ये १ लाख ८ हजार ९८७ जनाको अवस्था गम्भीर रहेको छ । हालसम्म ७ करोड ४३ लाख २३ हजार ८८१ जना संक्रमणमुक्त भएका छन् ।
संक्रमणको सबैभन्दा बढी चपेटामा परेको अमेरिकामा २ करोड ६५ लाखभन्दा बढी संक्रमित भएका छन् भने ४ लाख ४७ हजारभन्दा बढी संक्रमितको मृत्यु भएको छ ।
यस्तै छिमेकी मुलुक भारतमा संक्रमितको संख्या १ करोड ७ लाख ३३ हजार ४८७ पुगेको छ । संक्रमितमध्ये १ लाख ५४ हजारको मृत्यु भएको छ ।